अष्ट्रेलियाको मेलबर्नमा नेपाल फेष्टिबलको रौनक,मिनि ठमेल बजारको झल्को


प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको नेपाल महोत्सव ‘मेलवर्न संस्करण शनिबार मेलवर्नको पर्यटकीयस्थल फेडेरेसन स्क्वायरमा हुँदैछ ।

एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय समितिको आयोजनामा भएको नेपाल फेस्टिवलको सांस्कृतिक परेडमा यसपटक नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने पनि सहभागी भएका छन्।

उनी अष्ट्रेलियाको बिग ब्यास लिग क्रिकेटमा सहभागी हुन गत सोमबार मेलबर्न आइपुगेका हुन् ।

मेलवर्नको सिटीस्थित स्टेट लाइब्रेरीमा भेला भइ शहरको परिक्रमा गर्दै कार्यक्रम आयोजनास्थलमा पुगेको परेडमा उल्लेख्य संख्यामा नेपालीको सहभागिता रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनए अष्ट्रेलियाले नेपालीको बाक्लो बस्ती रहेको महत्वपूर्ण राज्यहरुमा सन् २००६ देखि हरेक दुई–दुई वर्षमा महोत्सवको आयोजना गर्दै आएको छ।

नेपाली खाना, गीत, संगीत र कला संस्कृतिको जर्गेनाका साथै मुलुकको परिचय स्थापीत गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका निभाउँदै आएको संयोजक केशव कडेँलले जानकारी दिनुभयो ।

महोत्सवले मेलवर्नबासी दक्षिण एशियाली समुदायलाई एकै ठाउँमा ल्याएर अष्ट्रेलियामा रहेका बहुसांस्कृतिक अस्तित्व सुधार्न सहयोग गर्ने र नेपालको पर्यटन प्रर्वधन गर्ने उद्धेश्य बोकेको संयोजक कडेँलले बताउनुभयो ।

यस पटकको नेपाल फेष्टिभलको व्यवस्थापन सोलाङचरले गरेको छ ।

फेडरेशन स्क्वायरमा नेपालको संस्कृति, परम्परा, रहन सहनको प्रबद्र्धन गर्न यस पटक ‘नेपाल भिलेज’ स्थापना गरिएको छ । यस्तै फेस्टिभलमा १५ वटा व्यवसायिक स्टल र ६ वटा खानाका स्टल रहेका छन् । त १५ वटा स्टललाई नेपालका विभिन्न पर्यटकीय स्थलहरुको जानकारीसहितको थिममा प्रस्तुत गरिएका छन् । नेपालका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन नेपाल पर्यटन बोर्ड सँगको सहकार्य गरिएको आयोजकले जनाएको छ ।

फेस्टिभलमा विदेशी पर्यटकहरुको माझ लोकप्रिय नेपालको ठमेल बजारलाई प्रतिनिधित्व हुने गरी त्यस्तै थिममा बजार सञ्चालन गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com