भारतको कलकत्तामा फेला पर्यो ३३ किलो सुन, गोरेको हराइरहेको सुन नै भएको दाबी


प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार

सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि  हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ ।

दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोक सह–सचित ईश्वरराज पौडेलले रातोपाटीसँग भने, ‘सुन भेटिएको भन्ने आएको छ, धरान–इटहरीका बासिन्दाबाट नै उक्त सुन बरामद भएको सूचना आएको हुनाले उक्त सुन हामीले अनुसन्धान गरेको ३३ किलो हो भन्ने बुझिएको छ ।’

कलकत्ता प्रहरीले हेमप्रसाद शर्मा र राकेश प्रसादको साथबाट बरामद गरेको सुन ‘गोरे’ समूहको हो या होइन भन्नेबारे भेरिफाई गर्ने काम भइरहेको सह–सचिव पौडेलले जानकारी दिए ।

कलकत्ता प्रहरीले २१ शुक्रवार उक्त सुन बरामद गरेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी हराएको थियो सुन
फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्याण्डओभर गर्ने जिम्मा लिने ब्यक्ति थिए एलबी मगर ।

२०७४ माघ ९ गते विमानस्थलमा सुन आईपुग्यो, तर एलबी आउन पाएनन् । त्यसपछि सुन तस्करका नाइके चुडामणि उप्रेति ‘गोरे’ ले उक्त सुन पुरानोबानेश्वर सम्म लगेर छाड्ने जिम्मा सानु बनलाई दिए ।
सानु तिनै हुन् जसले गएको माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए ।

५५ वर्षीय  सानु बन थाई एयरवेजका बरिष्ठ टेक्निसियन हुन् ।

सानु बन स्कुटरको पछाडी थिए, स्कुटर चलाउने ब्यक्ति अर्कै थिए । सुन बोकेको स्कुटर काठमाडौँको नयाँ बानेश्वर स्थित रत्नराज्य स्कूलमा पुगेको मात्र के थियो, त्यहिँबाट बनले ‘गोरे’ लाई फोन गरेर सुन लुटिएको जानकारी गराएका थिए ।

‘गोरे’ ले सुन लुटिएको कुरा पत्याएनन्, अनि बनलाई रातदिन टर्चर दिन थाले । ‘संगठीत रुपमा भएको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण’ छानविन गर्न बनेको समितिका एक सदस्यका अनुसार समितिले सानु बनलाई टर्चर दिएको भिडियो नै त्यतिबेला फेला परेको थियो ।

हरेक दिनको टर्चर अनि ‘गोरे’ले जीवन नै सिध्याउने धम्की दिन थालेपछि बनले आत्महत्याको बाटो रोजेको हुनसक्ने छानविन समितिका एक सदस्य बताउँछन् । माघ २२ गते थाई एयरवेजको ग्राउण्ड ह्याण्डेलिङ इक्विपमेन्ट राख्ने स्थान नजिकै गुडिरहेको इन्धन बोक्ने एआर–२७ नम्बरको ट्याङ्करमा दौडिएर उनी चक्कामूनि पसेको सिसिटीभी फुटेजमा देखिन्छ ।

फागुन १८ गते धरानमा यातना दिने क्रममा मारिएका मोरङको उर्लाबारी–७ का सनम शाक्य सुन तस्कर ‘गोरे’को एकाउन्टेन्ट बताइँदै आएको छ ।

छानबिन समितिले सो प्रकरणमा ९ प्रहरी अधिकारीसहित ६३ जना भन्दा बढीविरुद्ध जिल्ला अदालत मोरङमा दायर गरेको थियो । सो मुद्दा अहिलेपनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com