विश्वको सबैभन्दा सानो देश सील्याण्डको जनसंख्या २७ मात्र !


प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार

एउटै परिवारमा २५ देखि ३० जनासम्म हुन्छन् । दक्षिण एसियाका कतिपय मुलुकमा संयुक्त परिवार अझ ठूलो संख्या पनि हुने गर्दछ । तर, कुनै सिंगो मुलुकको जनसंख्या एउटा संयुक्त परिवार भन्दा सानो ! अचम्म लाग्न सक्छ । युरोपको सानो मुलुक सील्याण्डको जनसंख्या २७ मात्र छ । पत्याउनु भएन ?

माइक्रो नेसनका नामले पनि चिनिने, विश्वकै सबैभन्दा सानो देश सील्याण्डको जनसंख्या मात्र २७ छ । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । मात्र शून्य दशमलव शून्य शून्य एक वर्ग किलोमिटर क्षेत्रफल भएको सील्याण्ड युरोपको बिकसित देश बेलायतको नजिकै रहेको छ । समुद्री तटबाट झन्डै १० किलोमिटरको दुरीमा रहेको यो शहर खण्डहर भएको पुरानो किल्लामा अवस्थित छ । यो किल्ला दोस्रो बिश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो ।

रोय बेट्स नाम गरेका व्यक्तिले सन २०१२ मा आफुलाई सील्याण्डको राजकुमार घोषित गरेका थिए । र, उनको मृत्यु पछि सील्याण्डमा उनका छोरा माइकलले शासन गरिरहेका छन् । तर सील्याण्डलाई छुट्टै देशको अन्तर्राष्ट्रिय मान्यता भने प्राप्त भएको छैन । तथापि सीलाण्ड अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बन्न प्रयासरत् छ । अहिले सम्म संसारकै सानो देशको रुपमा भ्याटिकन सिटीले मान्यता पाएको छ, जसको क्षेत्रफल ० दशमलव ४४ वर्ग किलोमीटर र ८ सय जनसंख्या रहेको छ l

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com