एक वर्षमा ८८ वटा गगनचुम्बी भवन बनाउने संसारकै पहिलो देश


प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार

चीनले एक वर्षमा २०० मिटर उचाईका ८८ वटा गगनचुम्बी बनाएर संसारमै धेरै गगनचुम्बी बनाउने देशमा पहिलो देश बनेको छ । निर्माण क्षेत्रबारे जानकारी राख्ने कम्पनी काउन्सिल अफ टल बिल्डिङ्स एण्ड अर्बन हेबिटेटका अनुसार अग्ला भवन निर्माणमा यो आंकडा ऐतिहासिक हो । अर्बन ह्याबिटेटको अनुसार विश्वभरी १४३ गगनचुम्बी भवन बनेका छन् । जसमा २०१७ मा मात्रै १४७ वटा अग्ला भवन बने । भने २०१८ मा चीनमा ६१.५ प्रतिशत नयाँ भवन बने । जसमध्ये दक्षिण चीन को शेनझेनमा १४ वटा बनाइयो । यो सहरले दुबई, बेइजिङ र न्यूयोर्क जस्ता सहरलाई जितेर संसारकै सबैभन्दा राम्रो सहरको सूचिको पहिलो नम्बरमा परेको छ ।

चीन यून नाम दिएको एउटा भवनको उचाई १,७३१ फिट (५२८ मिटर) रहेको छ । जुन संसारके सबैभन्दा अग्लो भवन मध्येको आठौँ स्थानमा रहेको छ । यो वर्ष अग्ला भवन निर्माण गर्ने देशहरुमा एशियाली मुलुकहरुको दबदबा रहेको छ ।जसमध्ये हो चीमिन्ह सिटी (भियतनाम), चाङ्ग्शा आदि पर्छन् । यी ठाउँमा पछिल्लो वर्षको १२ महिनामा १३१२ फिट (४०० मिटर) अग्लो भवन निर्माण भएको छ ।दक्षिण अमेरिकामा ब्यूनस आयर्स (अर्जेन्टिना), बोगोटा (कोलम्बीया) जस्ता अग्ला भवनहरु बनाइएका छन्। सान्फ्रान्सि स्को र मियामीमा क्रमशः सेल्सफोर्स टावर ३२६ मिटर (१०७० फिट) र पैनोरमा टावर २५२ मिटर (८२७ फिट) बनेका छन् ।

यो वर्ष एशियाली मुलुकभन्दा बाहिर फिलाडेल्फियामा बनेको ३४२ मिटर (११२१ फिट) अग्लो कान्मकास्ट टेक्नोलोजी सेन्टर उक्त सहरकै सबैभन्दा अग्लो भवन हो । सीटीबीयूएचका रिपोर्टको अुनसार सन् २०१९ मा संसारमा १२० मिटर देखि १५० मिटर सम्मको भवन मात्रै निर्माण गर्न सकिने भएतापनि अग्ला भवन निर्माण प्रतिष्पर्धाको रुपमा निर्माण हुन थालेका छन् । चीनको सन्दर्भमा यसरी अग्ला गगनचुम्बी भवन निर्माणले चीनको अर्थतन्त्रमा भारी असर पार्ने सम्भावना रहेको छ । रिपोर्ट भन्छ, ‘ चीनलाई अग्लो भवन निर्माण गर्न प्रतिवन्ध लाग्न पनि सक्छ । विश्वव्यापी निर्माण उद्योगको अनुसार स्टील आयातमा चीनले कठिनाईहरुको समाना गर्नुपर्ने हुन्छ । ’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com