बलिउड अभिनेत्री जरीन खान चढेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जरीनलाई सलमान खानकी हिरोइनको रुपमा चिन्ने गरिन्छ। उनलाई सलमानले आफ्नो फिल्म ‘वीर’बाट बलिउडमा डेब्यु गराएका थिए। जरीनको कार बुधवार साँझ भारतको गोवास्थित मापूसा क्षेत्रमा दुर्घटनामा परेको हो। तीव्र गतिमा रहेको कारलाई हेलमेट नलगाई मोटरसाइकल चलाइरहेका युवकले ठक्कर दिएका थिए।
घटनामा मोटरसाइकल चालक ३० वर्षीय नितेश गोरलको मृत्यु भएको गोवा प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेत्री जरीन पनि घटनामा परी घाइते भएकी छिन्। उनलाई पणजीको एक निजी अस्पतालमा भर्ना गरिएको छ। गोवा प्रहरीले कारका चालकविरुद्ध अंजुना पुलिस स्टेशनमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।