अष्ट्रेलियन नेताद्वारा बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा फेडेरल चुनाव मार्फत प्रतिनिधि सभामा निर्वाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभाबित भएको वुद्ध र सगरमाथाको देश नेपालमा पर्यटकको रुपमा जानका लागि अस्ट्रेलियनहरुलाई आग्रह गरेकी छिन्।

लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा सांसद जोआनसंग गरेको भेटघाटको क्रममा उनले भिडियो सन्देश मार्फत अष्ट्रेलियनहरुलाई उक्त आग्रह गरेकी हुन्।

नेपालमा बिनासकारी भूकम्पका बेलामा अष्ट्रेलियाले सामाजिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको र लेबर पार्टीले अष्ट्रेलियामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइ राखेकोले नेपालमा पनि उक्त दुःखद घटनाको बेलामा स्कूलहरुको पुनर्निर्माणमा सहयोग पुर्याएर लामो समय स्कूल जान नपाएका बालबालिकाहरुलाई स्कूल फर्कन सहयोग पुर्याएको कुरा आफ्नो मन्तब्य दिने क्रममा सांसद जोआनले स्मरण गरिन्।

मन्तब्य दिने क्रममा जोआनले बिदाको समयमा वुद्ध र सगरमाथाको देश नेपाल गै त्यहाँको पर्यटन उद्योगमा योगदान दिएर दीर्घकालिन रुपमा सहयोग गर्न र त्यहाँ लगानीका संभावनाहरुको खोजी गरेर सकारात्मक प्रभाब पार्न सकिने र यसबाट द्धिपक्षीय मैत्री र साझेदारी मजबुतीकरण गर्न सकिने बताइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अघि मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा विश्व संयोजक श्रेष्ठले जिलोङकी सांसद क्रिस्टिन कोउजिन्स र अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सब मध्येकै एक महोत्सब पाको फेस्टा आयोजना गर्ने संस्था डाइभर्सिटाटका प्रमुख कार्यकारी अधिकृत माइकल मार्टिनेजसंग पनि भेटघाट गरेका थिए र जिलोङ निवासीद्धय ज्ञानेन्द्र उप्रेती र आरजु बस्नेत पनि उक्त भेटघाटमा सहभागी थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com