अप्रिलदेखि विदेशी कामदार ल्याउने नयाँ बिधेयक संसदबाट पारित


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

जापानको उपल्लो सदनबाट विदेशी कामदार भित्राउने सम्बन्धि बिधेयक पारित भएको छ । चरम श्रमिक अभावको चपेटामा आएका औद्योगिक क्षेत्रमा कामदार ल्याउने सम्बन्धि विधेयक पारित भएसंगै विदेशी कामदार भित्राउन आधिकारिक बाटो खुलेको छ । यस योजनाले विस्तृत विवरण र काम गर्ने सहि वातावरण सुनिश्चित गर्दैन कि भन्ने जस्ता विवादको सामना गरिरहेको भएपनि बिधेयक पास भएकाले यो जापानी उद्योगहरुका लागि कोशेढुंगा साबित हुन सक्ने विश्लेषण गरिएको छ ।

यसअघि जापानले चिकित्सक, वकिल र शिक्षकजस्ता उच्च व्यावसायिक ज्ञान र कौशल भएका व्यक्तिहरुलाई मात्रै भिसा दिँदै आएको भएपनि आगामी अप्रिलबाट विदेशी कामदारका लागि नयाँ भिसा प्रणाली कार्यान्वयमा आउने बताइएको छ । निर्माण, कृषि, नर्सिंग केयर जस्ता १४ ओटा विभिन्न क्षेत्रमा विदेशी अर्धदक्ष कामदार हरु समेत भित्राउने लक्ष्य छ ।

विपक्षि दलका सांसदहरुले विरोध गरेपनि बिधेयक पारितभएसंगै आगामी अप्रिलदेखि दुई प्रकारको नयाँ भिषा कार्यान्वयनमा आउनेछन् । विपक्षी दलहरुको विरोधका वावजुदपनि तल्लो सदनबाट पारित भई विधेयक उपल्लो सदनमा छलफलका लागि पुगेको थियो ।

बिधेयक पारित भएको घोषणा गर्ने क्रममा बिपक्षि दलका सांसदहरुले बिरोध गर्दा संसदमा घम्साघम्सी समेत परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो प्रकारको भिसामा कम दक्षता भएका कामदारहरु जापानी कम्पनीहरुको माग अनुसार निश्चित सिप तथा भाषागत ज्ञानपछि जापान आउन पाउनेछन् । यस्ता कामदारले ५ बर्षको भिषा पाएपनि परिवारका सदस्य भने ल्याउन नपाउने बताईएको छ । तर परिवारसंग साथमा रहन पाउनुपर्ने नीति अबलम्बन गर्नका कानूनविद् तथा अधिकारकर्मीहरुको दवाव समेत सरकारलाई छ ।

यसैगरि दोस्रो भिषा अनुसार दक्ष कामदारहरु आउने छन् । उनीहरुले सुरुमा पाँचबर्षे भिषा सहित परिवारका सदस्य ल्याउन पाउनुका साथै लामो अवधिसम्म जापान रहन पाउने सहज अनुमति पाउने बताईएको छ । तर तयारी चरणमै रहेकाले यस सम्बन्धमा थप जानकारी सार्वजनिक गरिएको छैन ।

जापानको बढ्दो वृद्ध जनसंख्या र घट्दो जन्मदरका कारण केही क्षेत्रमा कामदारको चरम अभाव देखिएको छ । हालसम्म यस प्रकृयाअन्तर्गत कुन देशबाट कति कामदार ल्याउने भन्नेबारेको कुनै जानकारी सार्वजसनिक गरिएको छैन । विधेयक पारित भएसंगै सरकारले सम्बन्धित मन्त्रालय र अधिकारीहरुसंग परामर्श गरेर थप कुराको टुङ्गो लगाउनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com