मेक्सिकोकी सुन्दरी भेनेसाले जितीन् मिस वर्ल्डको उपाधि


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

मिस वर्ल्डको  २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।

उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन्। रनरअपको उपाधि भने मिस थाइल्याण्ड निकोलिन लिम्स्नुकान जितेकी छन्।

टप पाइभकालागि पाँच महादेशमा केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा, र एसियाबाट थाइल्याण्ड सफल भएका थिए।

मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्। चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले  ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com