अलग–अलग देश र समुदायका भएपनि कतारमा नेपालीसँग गहिरो प्रेम बस्यो


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

फिलिपिन्सकी २९ वर्षीय रुजान जोय पैड्रोग मेबुलस ७–८ वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगिन् । त्यहाँ उनले ‘रेड ट्याग’ कम्पनीमा बिक्रेताको काम पाइन् । केही वर्ष काम गर्दै जाँदा त्यही कम्पनीमा का म गर्ने १ नेपालीसँग उनको प्रेम भयो ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० का मोहम्मद मजहर पनि कतारको सोही कम्पनीमै बिक्रेताको काम गर्थे । एकै कम्पनीमा एकैसाथ एउटै प्रकृतिको काम गर्दा उनीहरूबीच प्रेम भयो ।दुवै अलग–अलग देश र स मुदायका भएपनि तेस्रो मुलुक कतारमा उनीहरूबीच गहिरो प्रेम भयो । दुवै एकैसाथ बस्न पनि थाले । रुजानभन्दा मजहर २ वर्ष कान्छो थियो । रुजानका अनुसार मजहरले शुरूमा प्रेम प्रस्ताव गरेको थियो । जसलाई सहर्ष स्वीकारेको उनले बताइन् । ‘त्यसपछि बिहे गर्ने प्रस्ताव पनि मजहरबाटै आयो ।

मैले त्यसलाई सहर्ष स्वीकार गरें,’ रुजानले भनिन्, ‘मैले पनि आफ्नो घरमा बिहेबारे कुरा गरें र मजहरले पनि नेपालमा आफ्ना आमाबुवासँग बिहेबारे कुरा गर्यो ।’रोजगारी पूरा गरेपछि दुवै जना नेपाल आए । जनकपुरमा मुस्लिम धर्म रीतिरिवाज अनुसार दुवै ज नाको ‘निकाह’ भयो । दुवै जनाले २०७० फागुन २६ गते ‘कोर्ट म्यारिज’ गरे ।जिल्ला प्रशासन कार्यालय धनुषामा दुवै जना पुगेर विवाह दर्ता ऐन २०२८ बमोजिम एकअर्कालाई पतिपत्नीको रूपमा ग्रहण गरी मजहर र रुजानबीच विवाह दर्ताको प्रमाणपत्र वितरण ग रिएको थियो । मजहर फेरि वैदेशिक रोजगारीमा गए ।यसबीच दुवैले छोरी याजी एन्जेला पाए । छोरी एन्जेला अहिले ५ वर्षकी छन् । छोरी भएपछि रुजान जनकपुरमै सासुससुरासँग बस्न थालिन् । कहिलेकाहीँ माइतीघर फिलिपिन्स पनि जाने–आउने गर्थिन् ।

पछिल्लो पटक मजहर घर फर्किएर आउँदा ५ महिना जति बसे । त्यही क्रममा रुजान पुनः गर्भवती भइन् । मजहर पुनः कतार काममा फर्किए । गत अक्टोबर ५ तारिखमा राति समुद्रमा नुहाउन गएको बेला डुबेर उनको निधन भयो ।मजहरका बुवा अब्दुल सह मत मोमिनले भने, ‘त्यहाँको समाचार पत्रमा समुद्रमा नुहाउन जाँदा डुबेर मृत्यु भएको उल्लेख थियो ।’ रुजान नेपालमै जनकपुरमा सासुससुरासँग बस्दै आएका छन् । उनको पेटमा अहिले ५ महिनाको गर्भ छ ।पतिको निधन भएपछि अब उनी आफ्नो देश फिलि पिन्स पÞmर्केलिन् कि भन्ने जनकपुरको घर परिवारमा चिन्ता थियो । तर रुजानले अब जनकपुरमै आजीवन बस्ने निधो गरेकी छन् । मजहरको निधन भएपछि उनले आफ्नो देशको नागरिकता समेत परित्याग गर्दै नेपाली नागरिक बन्न जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिइन् ।

‘मेरो घर परिवार र सारा संसार भनेको यहीँ जनकपुरमा नै छ । अब फिलिपिन्स फर्किने कुरा सोच्नै सकिन्न,’ रुजानले लोकान्तरसँग भनिन्, ‘घरमा सासु, ससुरा, देवर, जेठाजु सहितको सम्पूर्ण परिवार छ । अब यहीँ नेपालमै बसेर आफ्नो छोरीलाई पालनपोषण गर्नेछु ।’ उनले घरमै गृहिणी भएर बस्ने बताइन् । छोराको निधनपछि सासु ससुराले पनि आफ्नो पुरापुरी ध्यान राख्ने गरेको उनले बताइन् । बुहारीलाई नेपाली नागरिकता दिलाउन पहल गरेका ससुरा अब्दुल सहमत मोमिनले भने, ‘म आफैं पनि टेलर मास्टर हुँ । मैले पनि कमाएर बुहारी र नातिनीलाई आर्थिक समस्यामा पर्न दिन्न ।’ उनका अरु २ जना छोरा पनि छन् । जेठो छोरा ३० वर्षीय मोहम्मद अजहरुद्दीनको बिहे भइसकेको छ भने कान्छो छोरा मोहम्मद अथरको बिहे भएको छैन । निधन भएका मजहर माइलो छो रा थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुहारीलाई सजिलो होस् भनेर नेपाली नागरिकता बनाइदिएको उनले बताए । ५ वर्षकी नातिनी एन्जेला जनकपुरकै एक निजी विद्यालयमा पढिरहेकी छिन्् । रुजानलाई मैथिली भाषा बोल्न त आउँदैन । तर अरुले बोल्दा मैथिली बुझ्न थालेकी छन् । विगत ५ वर्ष देखि जनकपुरमै बस्दै आएकाले मैथिली भाषा बुझ्न समस्या नभएको उनले बताइन् ।रुजान नेपालमै बस्ने भएपछि रुजानका आमाबुवाले असहमति जनाएनन् । ज्वाइँको निधनपछि रुजानकी आमा पनि जनकपुर आएकी थिइन् । आमाको सहमतिमै रुजानले नेपालमा बस्ने निर्णय गरेकी हुन् । रुजानकी आमा कतार एयरलाइन्समा काम गर्छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com