मिस वर्ल्डमा श्रृंखलाको बलियो दावेदारी


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

धेरैको ध्यान चीनको सान्यामा केही समयपछि हुने ‘मिस वर्ल्ड–२०१८’को फाइनलतिर मोडिएको छ । जहाँ मिस नेपाल श्रृंखला खतिवडा बलियो दाबेदारीको रुपमा प्रस्तुत भएकी छन् ।

 

नेपाली समयअनुसार आज अपराह्न ३ः१५ बजेदेखि मिस वर्ल्ड २०१८ को ग्राण्ड फिनाले प्रारम्भ हुनेछ । प्रतियोगितालाई स्टार वर्ल्ड र मिस वर्ल्डको यूट्युब च्यानलबाट प्रत्यक्ष हेर्न सकिन्छ ।

श्रृंखलाले मिस वर्ल्डमा ‘मल्टी मिडिया’ र ‘ब्यूटी विद अ पर्पस’ गरी दुई टाइटल जित्दै अन्तिम ३० सम्मको यात्रा तय गरेकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘ब्यूटी विद अ पर्पस’को टाइटललाई मिस वर्ल्डपछिको महत्वपूर्ण टाइटल मानिन्छ । मिस वर्ल्डको मञ्चमा पुगेर नेपालले यी टाइटल र यस्तो सफलता पाएकोे पहिलो पटक हो ।

यो उपलब्धीसँगै श्रृंखला प्रतियोगिताको शीर्ष स्थानका लागि प्रबल दावेदारीका रुपमा देखापरेको सौन्दर्य प्रतियोगिताको समीक्षा गर्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मिस वर्ल्डको वेवसाइटअनुसार ब्यूटी विद व पर्पस विधामा २५ भिडियो सर्ट लिस्ट गरिएको थियो । श्रृंखलाको गृहजिल्ला समेत रहेको मकवानपुरको चेपाङ बस्तीका बारेमा उनले बनाएको ‘डिजाइन्स एन्ड बिल्ड्स हेल्थ सेन्टर फर रिमोट भिलेज’ शीर्षकको भिडियोले श्रृंखलालाई उक्त सफलता दिलाएको हो ।

समाजिक सञ्जालमा पाएको मत, मौलिक प्रतिक्रिया र दुईवटा टाइटल जितेसकेकोले मिस वर्ल्डमा श्रृंखलाको दाबेदारी बलियो देखिएको छ ।

श्रृंखलालाई हौसला प्रदान गर्न उनकी आमा मुनु सिग्देल र बुवा बिरोध खतिवडा पनि चीन पुगेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com