हजुरबुवादेखि नातीसम्मले बनाए रेकर्ड, तीन पुस्तैले उडाए जहाज


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

एकै परिवारमा इन्जीनियर, डाक्टर, राजनीतिज्ञ वा कलाकार त सुनेकै कुरा हो तर परिवारका सबै सदस्य विमान चालक हुनु अचम्म लाग्न सक्छ । यो परिवारको तीन पुस्त देखि पाइलट बन्दै आएका छन् । हजुरबुबा देखि लिएर नाती- नातिना र उनका सबै सन्तान विमान चालक छन् ।

पाइलटको कपडा यो परिवारको पहिचान बनेको छ । उनीहरूको रगतमा-रगतमा विमान चलाउने विशेषता रहेको विश्वास गरिन्छ ।भासीन नामको यो परिवार ६ दशक देखि यहि पेशामा रहेका छन् । सबै भन्दा पहिले यो परिवारबाट पाइलटको यात्रा सन् १९५४ देखि शुरू गरिएको हो । सबैभन्दा पहिलो क्याप्टेन जयदेवले इन्डियन एयरलाइन्समा काम गर्ने निर्णय गरेका थिए । त्यसपछि उनका छोरा रोहित एयर इन्डियामा काम गरे । रोहितको विवाह निवेदिता जैनसँग भयो जो पाइलट थिइन् ।

२६ बर्षको उमेरमै निवेदिता संसारकै सबैभन्दा कम उमेरमा जेट उडाउने पहिलो महिला क्याप्टेन बनेकी थिइन् । तीन दशक भन्दा ज्यादा उडान अनुभव रखेकी निवेद‍िताका अनुसार उनि ६,७ बर्षको उमेरदेखि नै उडान भर्न आकर्षित थिइन् । निवेदिता जब इन्डियन एयरलाइन्सको पाइलट बनिन् तब उनको उमेर २० बर्षको मात्र थियो । ३३ बर्षको उमेरमा उनि संसारको सबैभन्दा ठुलो हवाई जहाज ‘एयरबस – ३००’ को कमान्डर बनिन् ।

अहिले उनको छोरा रोहन ‘कमान्डर बोइङ्‍ग ७७७’ चलाउछन् । उनले विगत १० बर्षदेखि एयर इन्डियामा सेवा गर्दै आएका छन् । त्यस्तै निवेदिताकी २६ बर्षीया छोरी निहारिका इन्डिगोमा पाइलट छिन् ।यो परिवारले सबै पाइलट भएर आफैमा एक फरक रेकर्ड बनाएको छ । सो परिवारले विरासतमा पाएको यो धरोहरलाई अघि लिएर जाने मान्यता राखेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com