उड्न लागेको विमानको ढोकाबाट एयर होस्टेस खसेपछि ……


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

हालसालै भारतको मुम्बाईस्थित छत्रपति शिवाजी विमानस्थलमा एक गम्भीर दुर्घटना भएको छ । मुम्बाईबाट दिल्लीका लागि लागि उड्न लागेको एयर इन्डियाको जहाज एआई–८६४ विमानबाट एक एयर होस्टेस ढोकाबाट खसेर घाइते भएकी छन् ।

भारतमा यस्तो दुर्घटनालाई दुर्लभ भनिएको छ । भारतीय अनलाइन मिडियाका अनुसार विमानले उडान भर्नुभन्दा केही मिनेटअघि विमानको मेन गेट बन्द गर्नेक्रममा पछाडिबाट धक्का लागेर ती एयर होस्टेस लडेर जमिनमा खसेकी थिइन् ।

खबरअनुसार सो विमान बिहान ७ बजे दिल्लीका लागि उड्न लागेको थियो । विमानबाट खसेर गम्भीर घाइते भएकी एयर होस्टेसको मुम्बईको नानावती अस्पतालमा उपचार जारी छ ।

ती एयर होस्टेसको अवस्था निकै गम्भीर रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com