प्रियंका चोपडालाई ‘अन्तर्राष्ट्रिय धोकेबाज कलाकार’ र ‘सम्पत्तीको भोको’ बताउने म्यागजिनले माफी माग्यो


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

प्रियंका चोपडालाई घोटाला कलाकार र सम्पत्तिको भोको बताउने एक आर्टिकललाई न्यूयोर्क म्यागजिनले आफ्नो वेबसाइटबाट हटाएको छ ।

द कटले गत डिसेम्बर ४ तारिखमा इडिटर नोटः प्रियंका र निक जोनस शीर्षकमा प्रकाशित गर्न नहुने आर्टिकल छापेकोमा पाठक, प्रियंका र निकसँग माफी मागेको छ । ‘हामीले उक्त आर्टिकलसम्बन्धि विभिन्न रोषयुक्त मेसेज पायौं । हामी यो भन्न चाहन्छौं कि हामी तपाईंलाई सुन्छौं र यसका लागि माफी माग्छौं,’ यसमा लेखिएको छ ।

‘यसलाई मानवीय त्रुटी र खराब निर्णयको उपज हो भन्दा फरक नपर्ला । यो हाम्रो गल्ती हो ।’

उक्त आर्टिकल म्यागजिनको ‘द कट’ वेबसाइटमा राखिएको थियो । सेलिब्रिटी राइटर मारिया स्मिथले के प्रियंका चोपडा र निक जोनसबीचको प्रेम वास्तविक हो? भन्ने शीर्षकमा प्रियंकाले निकलाई करियर र पैसाका लागि विवाह गरेको टिप्पणी गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्टिकलमा यस्तो भनिएको थियोः

– सन् २०१६ मा निकले प्रियंकाको ट्वीटरमा डायरेक्ट मेसेज गरे । जवाफमा प्रियंकाले आफ्नो पर्सनल नम्बरमा टेक्स्ट गर्न भनिन् किनभने उनको ट्वीटर उसको टीमले हेर्दथ्यो । मारिया स्मिथका अनुसार यो प्रियंका हलिउडमा प्रवेश गरेपछिको अहंकारको परिचय हो । स्मिथले प्रश्न गरेकी थिइन्, ‘एक सेलिब्रिटीलाई उनले कसरी अर्को ठाउँमा मेसेज गर भन्न सकिन् ।’

– प्रियंकालाई सेल्फ मेड अर्थात् आफ्नै मेहनतले सफल भएकी महिला बताइन्छ । यस्ती महिला भइकन पनि उनी आफ्नो विलासी जीवनशैलीका लागि किन यति धेरै खर्चिन्छिन् ?

– निक जोनसको आफूभन्दा बढी उमेरका महिलासँग डेट गर्ने गरेको इतिहास नै छ । तर प्रियंका, जो अहिलेसम्म आफ्नो नीजि जीवनबारे चुप थिइन्, उनी अचानक यति धेरै कुराकानी किन गर्न थालिन् ?

– प्रियंकाले निकलाई विवाहका बेला घोडामा चढाइन् किनभने उनी एक खराब महिला हुन् ।

– प्रियंका पैसाको भोकी हुन् त्यसकारण विवाहलाई बेचेकी हुन् । निकले यसको विरोध गर्नुपर्दथ्यो तर बिचरा प्रेममा अन्धो छन् ।

– प्रियंका एक अन्तर्राष्ट्रिय स्तरको धोकेबाज कलाकार हुन् ।

उक्त आर्टिकलको खण्डन गर्न धेरैले सोसल साइटको सहारा लिएका थिए जसमा द कट र लेखिकाको निकै आलोचना गरिएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com