अष्ट्रेलिया टुरमा नेपाल आइडल-२, मेलबर्नमा पनि हुनेभयो कार्यक्रम


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

नेपाली गायन प्रतियोगितामा सबैभन्दा पहिलो ठूलो प्रतियोगिता नेपाल आइडलको अहिले दोस्रो सिजन चलिरहेको छ । दोस्रो सिजनको उक्त प्रतियोगितामा अहिलेसम्मको नतिजा अनुसार उत्कृष्ट पाँच बाँकी रहेका छन् ।

नेपाल आइडल सिजन २ को उत्कृष्ट पाँचमा विक्रम बराल, अस्मिता अधिकारी, रवि ओड, अमित बराल र सुमित पाठक रहेका छन् । ती उत्कृष्ट पाँच प्रतियोगी अष्ट्रेलियामा रहेका दर्शकलाई नचाउन अष्ट्रेलिया टुरमा आउने पक्का भएको छ । आयोजकका अनुसार, उत्कृष्ट पाँचमा पर्न नसकेतापनि दर्शकले अत्यधिक मन पराएका कारण पवन गिरि पनि उक्त टुरमा सहभागी हुनेछन् ।

नेपाल आइडल सिजन २ अष्ट्रेलिया टुर एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुनलागेको बताइएको छ । आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ। उक्त टुर अन्तर्गत मेलबर्नको कार्यक्रमको लागि स्मार्ट एक्सेस इन्टरटेनमेन्टले सहकार्य गरेको छ भने कंडेल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ । कार्यक्रम आगामी फेब्रुअरी ३ मा मेलबर्नको 170 Russell St मा हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com