नयाँ भिसाका लागि भाषा परिक्षा लिने सरकारको तयारी


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

जापान सरकार दुईमध्ये एक नयाँ भिसा प्रणालीमा आवेदन दिन चाहने विदेशी कामदारले जापानी भाषाको परिक्षा दिनुपर्ने योजना ल्याउने तयारीमा रहेको यस मामिलासँग जानकार स्रोतले बताएको छ ।

यसका लागि जापानको विदेश मन्त्रालय र स्वतन्त्र प्रशासनिक संस्था जापान फाउण्डेशन आवश्यक तयारीमा जुटिरहेको बताइन्छ । दुई ओटा नयाँ रेसिडेण्ट स्टेटसमध्ये मध्ये पहिलो प्रकारको भिसा केही पेशागत कौशल भएका विदेशी कामदारलाई दिइनेछ भने अर्को चाहिँ उच्च कौशल भएकालाई प्रदान गरिने भएको छ ।

यो आगामी वर्षको अप्रिलबाट लागू गरिने सरकारी योजना छ । भाषा परिक्षा भने पहिलो प्रकारका लागि लिइनेछ । यो परिक्षा पास गर्न आवेदकसँग दैनिक जीवनका लागि पर्याप्त हुने जापानी कौशल हुनुपर्ने स्रोतले जानकारी दिएको छ ।

भाषा परिक्षा पनि आउँदो अप्रिललेखिनै शुरु हुन सक्ने बताइएको छ । हरेक उद्योगमा आवेदकको पेशागत कौशलको परिक्षा लिखित र अभ्यासमुखि हुनेछ । पहिलो प्रकारको भिसा होल्डरले नर्सिङ केयर, निर्माण, कृषि तथा अटोमोबाइल ममर्त लगायताका १४ ओटा उद्योगमा काम गर्न पाउने अनुमति पाउने कुरा जिजी प्रेशले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com