जापानले विश्वकै पहिलो सुपर एचडी कार्यक्रम प्रशारण गर्दै


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

जापानी टेलिभिजन नेटवर्कले विश्वमै पहिलोपटक आठ हजार रिजोलुसनमा सुपर एचडी कार्यक्रम प्रशारण गर्ने भएको छ । राष्ट्रिय सार्वजनिक प्रशारण संस्था, एनएचकेले स्याटलाइटमार्फत दर्शकलाई चार हजार र आठ हजार रिजोलुसनका च्यानल देखाउने बताएको हो जसलाई जापानले ‘सुपर हाइ भिजन’ नाम दिएको छ ।

सो च्यानलको नाम बीएस८के रहेको छ जसले १२ घण्टासम्म निरन्तर प्रशारण गर्ने बताइएको छ । यसरी पहिलो सुपर एचडी च्यानलमा ‘२००१ः अ स्पेस ओडेसी’ भन्ने चलचित्र प्रशारण गरिएको हो । सो चलचित्र ६५५ मिलिमिटर लामो फिल्ममा खिचिएको हुनाले त्यसलाई सुपर एचडीमा हेर्दा ससाना दृश्य पनि प्रष्ट देखिने बताइएको छ ।

वास्तवमा सुपर एचडी स्क्रिनमा सामान्य एचडी भन्दा १६ गुना बढी अर्थात आठ हजार पिक्सेल हुन्छन् । यसैकारण अहिलेको १०८० पी एचडीको तुलनामा सुपर एचडीका चित्र त्यति नै गुना स्पष्ट देखिने बताइएको छ । तर हाल यसका लागि आवश्यक टिभी र उपकरणहरु थोरै मानिससँग मात्र रहेको छ । सामसुङ र एलजीले आठ हजार रिजोलुसनका टिभी निर्माण गरिसकेपनि अत्याधिक महङ्गो पर्ने हुँदा सबैतिर यसको उपयोग कठिन रहेको बताइएको छ ।

तरपनि जापानले भने २०२० ओलम्पिक्स खेल यही च्यानलमा देखाउने तयारी गरिरहेको बताइएको छ । प्रत्यक्ष प्रशारणले धेरै दर्शक तान्न सक्ने हुनाले सो च्यानल धेरै हेरिने अपेक्षा गरिएको एनएचकेको भनाइ छ । यसैवर्ष नेट्फिल्क्स र एमेजोनले पनि चार हजार रिजोलुसनसम्मका कार्यक्रम ल्याएका थिए तर आठ हजारको सुपर एचडी कार्यक्रम प्रशारण गर्ने जापानी टेलिभिजन विश्वकै पहिलो हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com