समुद्रमुन्तिर बुलेट ट्रेन गुडाउँदै चीन


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

चीनले २५० किलोमिटर प्रति घण्टाको गतिमा गुड्ने रेल गाडी निर्माण गरेको छ । यस रेल गाडीले पूर्वी प्रान्त झेजियाङका दुई शहरहरू निगम्बो र झोउसानबीचको दूरीलाई डेढ घण्टाबाट घटाएर आधा घण्टामा सीमित पारिदिनेछ ।

यसका लागि चीनले समुद्रमुनिबाट रेलवे लाइनको बिस्तार गर्दैछ । चिनियाँ समाचार एजेन्सी सिन्हुआले जनाए अनुसार चीन यसका लागि समुद्र मुन्तिर रेल सुरुङ बनाउन गैराखेको छ ।

सिन्हुवाका अनुसार ७०।२ किलोमिटरको रेल लाइनमा १६।२ किलोमिटर समुद्र मुन्तिर हुनेछ । चीनमा तीव्र गतिको रेल लाइनको लम्बाई २५ हजार किलोमिटर रहेको छ जुन संसारको कुल लम्बाईको ६० प्रतिशत हो ।

झेजियाङ चीनमा तीव्र गतिको रेल सेवा सुरुकिआ प्रान्तहरूमा एक हो । हालका दिनहरूमा चीनले यातायातको क्षेत्रमा क्रान्तिकारी विकास गरिरहेको छ । केही दिन अघि मात्रै उसले हङकङ र मकाउबीच विश्वकै सर्वाधिक लामो समुद्री पुलको उद्घाटन गरेको थियो ।

विश्वको सर्वाधिक गतिमा कुद्ने रेल चीनमै रहेको छ । यो रेल ३५० किलोमिटर प्रति घण्टाको गतिले कुद्ने गर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com