मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’को उपाधी जिते मिस नेपाल श्रृखंला खतिवडाले…


प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार

विश्व सुन्दरी प्रतियोगितामा नेपालले हंगामा मच्चाएको छ । प्राप्त भोट मध्ये आफ्नो पक्षमा ३५ दशमलव ५ प्रतिशत भोट प्राप्त गर्दै नेपालले हंगामा मच्चाएको हो ।

नेपालको तर्फबाट सहभागिता जनाएकी श्रृखंला खतिवडाले अहिले सम्म ३५ दशमलव ५ प्रतिशत भोट प्राप्त गर्न सफल भएसँगै उनि हेड टु हेड च्यालेन्ज उपाधी मिस नेपाल श्रृखंला खतिवडाले जितेकी छन् । यस संगै टप २० मा परेका छन् । उनले विश्व सुन्दरीको ताज नेपाल आउनेमा नेपाली थप विश्वस्त भएका छन् ।

विश्व सुन्दरी प्रतियोगिता आयोजकले पनि नेपालले अधिक भोट प्राप्त गरेको आधिकारिक रुपमै जानकारी दिएको छ । नेपालकी छोरी श्रृंखलाले ३५ प्रतिशत भोट प्राप्त गर्दा अघिल्लो बर्षको मल्टीमिडियो अवार्ड र मिस पपुलर अवार्ड जित्ने मंगोलियाले मात्रै ११ दशमलव चार भोट ल्याएको छ ।

तेस्रो स्थानमा रहेको भियतनामले भने ९ प्रतिशत भोट ल्याएको खुलासा भएको छ । विश्वको दोस्रो धेरै जनसख्या भएको देश भारतले भने जम्मा ८ प्रतिशत भोट ल्याएको छ । भारतले नेपालको भन्दा २७ प्रतिशत भोट कम प्राप्त गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँचौ स्थानमा रहेको थाइल्याण्डले भने जम्मा ४ प्रतिशत भोट प्राप्त गरेको छ । १ सय २१ देशका सुन्दरी सहभागी भएको प्रतियोगितामा अन्यले भने चार प्रतिशत भन्दा कमनै भोट प्राप्त गरेका छन् ।

नेपाले यो सिजनमा नयाँ रेकर्ड नै राख्ने गरी भोट गरेको खुलासा भएको छ । भोटको रेसियो हेर्दाको ‘मोबस्टार एप’मा नेपाल पहिलो नम्बरमा छ भने ‘विश्व सुन्दरी वेभ भोट’ मा नेपालले ४० दशमलव ०६ प्रतिशत कब्जा जमाएको छ ।

त्यस्तै ‘मोडल पावर वेभ भोट’मा नेपालले ४३ हजार ६ सय ४६ भोट प्राप्त गर्न सफल भएको छ । ‘फेसवुक पेज’ मार्फ नेपालले ४ लाख ६५ हजार २ सय ३४ भोट प्राप्त गरेको छ । यसले पुरै नेपाल श्रृखंलाको पक्षमा हरेको स्पष्टै देखाएको छ ।

श्रृंखला जित तर्फ उन्मुख रहँदै गर्दा आइरहेका तथ्यहिन समाचारले भने दुखी बनाएको उनकी आमा मुनु सिग्देलले बताएकी छन् । उनले श्रृंखलाकै पक्षमा लेखिएको समाचार भएपनि तथ्यमा आधारित हुनुपर्नेमा जोड दिएकी छन् ।

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बारेमा सोधिएको प्रश्नमा उनले निर्मला र श्रृंखला दुबै नेपालको छोरी भएको बताईन् । उनले निर्मलाको न्यायको लागि श्रृंखला पनि लडिरहेको बताएकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com