अष्ट्रेलियामा २०१९ देखि नयाँ अभिभावक भिसा


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

अष्ट्रेलियामा २०१९ देखि नयाँ अभिभावक भिसा आउने भएको छ । नयाँ भिसा आगामी वर्षको ६ महिना भित्र देखि लागु हुने छ । बुधबार संसदमा पास भएका विधयेकहरुबाट नयाँ भिसाको बाटो खुलेको हो ।

विपक्षी तथा आप्रवासी समूहहरु भने सरकारले अब लागु गर्ने भनेको नयाँ भिसाबाट खुशी छैनन्। आशा गरे अनुरुप र सरकारले प्रतिबद्धता गरेअनुरुपको भिसा लागु नगरिएको बताउंदै उनीहरुले असन्तुष्टी जनाएका हुन् । इमिग्रेसन मिनिस्टरले भने अब लागु हुने नयाँ भिसाले अष्ट्रेलियामा बसिरहेका आप्रवासीहरुलाई आफ्नो परिवारसंगको बसाइको लागि सहयोग गर्ने बताएका छन् ।

नयाँ भिसा अन्तर्गत अभिभावकहरु पांच वर्षसम्म अष्ट्रेलियामा बस्न पाउनेछन् । यसको लागि स्पोन्सर गर्ने व्यक्ति ‘फाइनान्सियल ग्यारेन्टी’ दिनसक्ने हुनुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com