शृङ्खलालाई उछिन्ने दाउमा नाइजेरीयाकि अनिता, मात्र ४% भाेटकाे अन्तर


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो।

उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर मिस वर्ल्डका प्रतिस्पर्धीलाई भोट गर्ने समय आज बेलुकी ५ बजेसबाट सकिँँदैछ । यसअघि नोभेम्बर २८ सम्म भोट गर्ने अन्तिम समय तोकिएकोमा फेरि दुई दिन बढाएर आज अर्थात ३० नोभेम्बरसम्म बनाइएको थियो ।

श्रृंखला खतिवडाद्वारा भाेटकाे अपिल

भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् ।  श्रृंखलाले आज अन्तिम दिन भएको भन्दै सबैमा भोटको लागि आग्रह गरेकी छिन् । नेपाललाई धेरै मतको आवश्यक भएको भन्दै अन्तिम बल लगाएर भोट गरिदिन र आफ्नो आधिकारिक पेज शेयर गरिदिन उनको आग्रह छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी गर्नुहाेस् भाेट

१. उनको आधिकारिक मिस वल्र्ड पेज www.facebook.com/Miss-World-nepal लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने

२ मिस वल्र्डको आधिकारिक वेबसाइट  href=”https://missworld.com/?fbclid=IwAR06PS2Mjo0FCT375xbn-tTcdMTM-CmQzZWzsHJJBuw_HYkTu2fFErghnRE#/contestants”>https://missworld.com/#/contestants मा गएर श्रृंखलालाई भोट गर्ने – (direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

३. मोबस्टार एपमा गएर त्यसमा श्रृंखला खतिवडाको आधिकारिक अकाउन्ट (निलो टिक लगाइएको) खोली उनले पोष्ट गरेका फोटोहरुलाई दायाँबाट बायाँ स्वाप गर्ने र कमेन्ट गर्ने

४. https://missvo.modelpowergd.com/en/?id=1&fbclid=IwAR3z-mn7RVzqKiZBU3BDZFTIhiUahi4tbSm5pQsN1HdFvbWV_mUYtD4CC6U#/detail?id=90 मा गएर उनको फोटो लाइक गर्ने ।

श्रृङ्खला खतिवडाले विश्व सुन्दरीको ताज पहिरिनु  नेपालीहरुको गर्वको विषय

श्रृङ्खला खतिवडाले विश्व सुन्दरीको ताज पहिरिनु नेपालकै लागि गर्वको कुरो हो। यदी उनले विश्व सुन्दरी ताज पहिरिनु नेपालको लागि ऐतिहासिक उपलब्धी हो। यसले छायामा रहेको नेपाललाई केही हदसम्म भए पनि मिस वर्ल्ड श्रृङ्खला खतिवडाको देश भनेर विश्वसामु चिनाउने काम गर्छ।

श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिनु भनेको नेपाललाई धेरै थरीको फाइदा हुनु हो। सबैभन्दा बढी त यसले नेपाललाई विश्वसामु चिनाउने काम गर्छ। पहिचानसँगै पर्यटन बढाउन पनि यसले मद्दत गर्छ।’ उनी भन्छिन्, ‘नेपालमा सामाजिक आर्थिक क्षेत्रको विकासमा पनि यसले निकै टेवा पुर्‍याउँछ। विश्वका बहुद्देश्यीय कम्पनीहरुको ध्यान नेपालतर्फ आकर्षित गरी आर्थिक लगानी भित्र्याउन सहयोग गर्छ। नेपाल आर्थिक रुपमा पनि समृद्ध हुन्छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com