अष्ट्रेलियामा डिपेनडेन्ट भिसा सम्बन्धि कानुनमा परिवर्तन, हुनेभयो थप कडाइ


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

अष्ट्रेलियामा डिपेनडेन्ट भिसा सम्बन्धि कानुनमा परिवर्तन भएको छ । संसदमा पेश भएको विधेयक बुधबार पास भएपछि डिपेनडेन्ट भिसामा थप कडाइ हुने भएको हो ।

अष्ट्रेलियामा घरेलु हिंसा बढेको छ । घरेलु हिंसा विशेषगरि डिपेनडेन्ट भिसामा आउनेहरु माथी भएको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । त्यसैले, घरेलु हिंसाका घटनालाई कम गर्नको लागि अष्ट्रेलियाले नयाँ कानुन ल्याएको हो ।

अब देखि आफ्नो पार्टनरलाई स्पोन्सर गर्ने व्यक्तिको बानी, व्यवहार, चरित्र र विगतलाई राम्रोसंग अध्ययन गरेर मात्र भिसा दिइने बताइएको छ । स्पोन्सर गर्ने व्यक्तिले ‘प्रहरी जांच रिपोर्ट’ बुझाउनुपर्नेछ । त्यस्तै, डिपेनडेन्टमा आउन लागेको व्यक्तिलाई उसको पार्टनरले विगतमा घरेलु हिंसा गरे या नगरेको बारेमा सोधिनेछ । सरकारले यो परिवर्तित कानुनले घरेलु हिंसा कम हुने विश्वास लिएको छ ।

अष्ट्रेलियामा डिपेनडेन्ट भिसामा बस्ने धेरैजनाले भिसाकै लागि घरेलु हिंसा सहेर बसिरहेको अध्ययनहरुले बताएका छन् । सरकारले अस्थायी पार्टनर भिसा ( सबक्लास ३००, ३०९ र ८३०) मा अष्ट्रेलियामा रहेका तर घरेलु हिंसामा परेका कारण सम्बन्ध टुंगाएकाहरुलाई भिसामा सहयोग गर्न सकिने अवस्था रहेकोले घरेलु हिंसामा परेको भएमा सहेर नबस्न आग्रह गरेको छ । घरेलु हिंसामा परेको खण्डमा ००० मा सम्पर्क गरेर प्रहरीलाई खबर गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com