आगामी अप्रिलदेखि जापानमा बिदेशी कामदार ल्याउने विधेयक संसदबाट पारित


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

जापान सरकारको महत्वकांक्षी परियोजनाका रुपमा लिइएको आगामी अप्रिलदेखि विदेशी कामदारहरु ल्याउने सम्वन्धि नयाँ बिधेयक जापानको तल्लो सदनबाट बहुमतले पारित भएको छ ।

संसदमा प्रस्तावको पक्ष विपक्षमा मतदान अघि विशक्षि दलले बिरोध गर्दै नाराबाजी गर्दै हो हल्ला समेत गरेका भएपनि बहुमतबाट पारित भएको एएनएन न्यूजले जनाएको छ । संसदमा मतदान अघि कानुन मन्त्री बोल्ने क्रममा माईक समेत खोसाखोस भएको थियो । सत्तापक्ष र प्रतिपक्षबिच विवादित रुपमा लिईएको बिधेयक पारित भई माथिल्लो सदनमा पेश भएको छ ।

जापान सरकार आगामी अप्रिलदेखि दुई प्रकृतिका नयाँ भिसा स्टाटस अन्तर्गत दक्ष र अर्धदक्ष कामदार ल्याउने तयारीमा छ । नयाँ विधेयक पारित भएसँगै आगामी अप्रिल महिनाबाट निर्माण, कृषि लगायतका विभिन्न १४ क्षेत्रमा बिदेशी कामदार ल्याउने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com