रंगशालामा बम बिस्फोट, प्रहरीले कुटे समर्थकलाई( भिडियाेसहित)


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलको तयारी भइरहेका बेला रंगशालामा बम बिस्फोट भएको छ ।

च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति नेदरल्याण्डसको क्लब अजाक्स र ग्रिसको क्लब एकेइ एथेन्सबिचको खेलको क्रममा बम बिस्फोट भएको हो भने प्रहरीसँग समर्थकको झडप पनि भएको छ ।  एकेइको मैदानमा भएको खेलमा अवे मैदानमा भएको खेलमा हेर्न आएका अजाक्सका समर्थक रहेको क्षेत्रमा एकेइका समर्थकले ज्वलनशील पदार्थ तथा पेट्रोल बम प्रहार गरेका हुन् ।

त्यसपछि अवस्था तनावग्रस्त बनेको थियो । स्थानीय प्रहरीले अजाक्सका समर्थकलाई नै कुटेको तस्बिरहरुमा देखिएको छ । प्रहरीको कुटाइबाट अजाक्सका केही समर्थक घाइते भएका छन् । अजाक्सका डिफेन्डर माथेस डी लिग्टले आफ्ना समर्थकलाई शान्त रहन आग्रह गरेको पनि देखिएको छ ।

खेल सुरु हुनुभन्दा केही अघि मात्रै बम विस्फोट भएको हो । त्यसपछि केही ढिला सुरु भएको खेलको दोस्रो हाफमा पनि केहीबेर मसर्थकले ज्वलनशील पदार्थ फालेपछि अवस्था तनावग्रस्त बनेको थियो ।  खेलमा अजाक्सले २–० को जित निकाल्यो र अन्तिम १६ मा स्थान बनायो । तर यो खेलमा जित भन्दा पनि आफ्ना समर्थकमाथि भएको आक्रमणले अजाक्स स्तब्ध बन्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com