कपिल शर्माको विवाहको कार्ड यस्तो छ


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

 

गिन्नीले इन्स्टाग्राममा कपिलले आफ्नो धेरै ख्याल गर्ने गरेको बताउँदै आफ्नालागि कपिल जस्तो अरु कोही नभएको बताएकी छन्। दुवैबीचको सम्बन्धको चर्चा लामो समयदेखि चलिरहेको थियो। कपिल गिन्नीसँग खिचेका फोटो पनि पोस्ट गर्ने गर्थे। केही समय अगाडि एउटा भिडियो भाइरल भएको थियो जसमा अभिनेत्री रेखाले कपिललाई अंकमाल गर्दै विवाहको शुभकामना दिइरहेकी छन्।

त्यसपछि उनी ‘कौन बनेगा करोडपति १०’ को ग्र्याण्ड फिनालेमा पनि पुगेका थिए। उक्त शोका होस्ट अमिताभ बच्चनलाई कपिलले आफ्नो विवाहमा आउन निमन्त्रणा गरेका थिए।

यो शोमा कपिल आफ्नो पार्टनर रवि कालरासँग गएका थिए। शोमा अमिताभले कपिललाई विवाहका विषयमा सोधाका थिए, तब कपिलले उनलाई विवाहमा आउन निमन्त्रणा गरेका थिए।

कपिल शर्माले २००७ मा आफ्नो क्षमता प्रदर्शन गर्दै लाफ्टर च्यालेन्ज–३ जितेर इन्डस्ट्रीमा कदम राखेका थिए। २०१३ मा ‘कमेडी नाइट्स विथ कपिल’ सुरु गर्नुभन्दा पहिला उनी कमेडी सर्कसमा काम गर्थे।

 

 

‘कमेडी नाइट्स विथ कपिल’ ले उनलाई कलाकारका रुपमा निकै स्थापित गरायो। तीन वर्षसम्म उक्त शो नम्बर वान भयो। र, कपिल शर्मा धेरै घरमा परिचित नाम बन्न पुग्यो।

शोको बढ्दो लोकप्रियताका कारण बलिउडका चर्चित हस्तीहरु पनि आफ्नो फिल्म प्रमोशनकालागि कपिलको शोमा आउन थाले। उनले २०१५ मा अब्बास मस्तानको निर्देशनमा आफ्नो पहिलो बलिउड फिल्म ‘किस किस को पर करुँ’ मा पनि काम गरे। यद्यपी यो फिल्मले सोचेजस्तो व्यापार गर्न सकेन।

२०१६ मा कलर्स च्यानलसँग विवाद भएपछि कपिलको शो बन्द भयो। त्यसपछि कपिलले सोनी टेलिभिजनसँग ‘द कपिल शर्मा शो’ सुरु गरे, जसमा चम्पू शर्मा, डाक्टर मशहुर गुलाटी, रिंकू देवी र नानी जस्ता पात्र चर्चित भए। त्यसपछि कपिल झन विवादमा परे। तर अहिले उनी फेरि आफ्नो विवाहका कारण चर्चामा छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com