आमाको मृत्युपछि घर सफा गर्दा बाकसमा भेटियो लाश, आमाले वर्षौं लुकाएकी थिइन् रहस्य


प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार

इङल्याण्डको एक परिवारका छोराछोरी आफ्नी आमाको मृत्यु भएपछि उनको पुरानो घरको सरसफाइ गरिरहेका थिए । यही क्रममा उनीहरुले एउटा बाकसमा राखिएको बच्चाको लाश देखेपछि नराम्रोसँग झस्किए । यो लाशलाई ममी जस्तै लेप लगाएर सुरक्षित राखिएको थियो । पछि थाहा भयो कि यो लाश उनीहरुकै दाजुको थियो जसको बारेमा आमाले उनीहरुलाई कहिल्यै बताएकी थिइनन् । यहाँसम्म कि त्यो बच्चाको बारेमा उनीहरुका पितालाई समेत थाहा थिएन । यो रहस्य उनीहरुकी आ माले सबैसँग लुकाएर राखेकी थिइन् । इङल्याण्डको नर्थलर्टन शहरमा बस्ने दुई दिदीबहिनी र एक भाइ आमा क्यारोलको मृत्युपछि घरको सफाइ गर्दै थिए । यही क्रममा उनीहरुले भर्याङमुनि राखिएको डेढ फिटको बाकस भेटे । बाकसभित्र एक नवजात शिशु को शव राखिएको थियो । शव कपडामा बेरिएको थियो । शवलाई ममीजस्तै लेप लगाएर सुरक्षित राखिएको थियो । यसका अलावा बाकसमा केही खामहरु पनि थिए । उनीहरुलाई यसबारे केही जानकारी थिएन त्यसपछि उनीहरु नजिकैको पुलिस स्टेशन पुगे ।

पुलिसले यस विषयमा सबैभन्दा पहिले परिवारका सदस्यहरुसँग सोधपुछ गर्यो । तर, सबैले कुनै जानकारी नभएको बताएपछि पुलिसले नवजात शरीरको पोष्टमार्टम र डिएनए परीक्षण गरायो । डिएनए परीक्षणबाट थाहा भयो कि त्यो नवजात शिशु उनीहरुकी आमा क्यारोलकै छोरा थिए । नवजात जुन कपडामा भेटिएका थिए त्यसको जाँचबाट थाहा भयो कि कपडा ६० वर्ष पुरानो थियो । बाकसमा भेटिएका खाममा राखिएको चिठीमा अगष्ट १९६८ को मिति लेखिएको थियो । सोधपुछका क्रममा क्यारेलका पूर्वपति र ती तीन सन्तानका पिता मेल्भिन थम्पसनले बताए कि यो गर्भको लागि उनी जिम्मेवार थिएनन् । न उनलाई यो बाकस र बच्चाको बारेमा थाहा छ । क्यारोल र मेल्भिनको विवाह १९६८ मा भएको थियो । त्यसपछि उनीहरु नर्थलर्टनका केह िठाउँमा सर्दै बसे । १९९६ मा उनीहरुको सम्बन्धविच्छेद भयो । यही वर्ष क्यारोलको पनि मृत्यु भयो । क्यारोलका जीवित ३ सन्तानको जन्म १९६८ पछि भएको थियो र यिनीहरुमध्ये कसैलाई पनि आफ्नो चौथो दाजुको बारेमा थाहा थिएन ।

यी शिशु १९६८ भन्दा पहिले जन्मिएका थिए जसको अर्थ क्यारोल बिहेभन्दा पहिले पनि एक पटक आमा बनेकी थिइन् । तर, उनले जिन्दगीभर यसबारे कसैलाई बताइनन् । जाँच अधिकारीका अनुसार यो पत्ता लगाउन सम्भव छैन कि बच्चाको मृत्यु कसरी भयो । जाँच अधिकारीले यसअघि यस्तो केस कहिल्यै नदेखेको बताएका छन् । नवजात ९ महिना गर्भमै पूरा भएर जन्मिएको जाँचमा खुलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com