जापानी बैज्ञानिकहरुलाई पछि पार्दै नेपालीहरुले बनाएको ‘आमाको जाँतो’ले जित्यो उपाधी


प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार

नेपालीद्धारा तयार गरिएको ‘आमाको जाँतो’ले जापानको सर्वाधिक चर्चित रोवोर्ट प्रतियोगितामा उत्कृष्ट हुदै ईटी रोवोकन २०१८को उपाधी हात पारेको छ।

नोवेम्वर तेस्रो साता भएको प्रतियोगिताको अन्तिम फाईनलमा चार उत्कृष्ठ सहभागिलाई हराउदै आमाको जाँतोले उपाधी जितेको हो।

जापानको होक्काईदो स्थित वाकानाई होकुसेई गाकुईन विश्वविद्यालयमा अध्यापनरत नेपाली वैज्ञानिक प्राध्यापक डा. विष्णुप्रसाद गौतमले पहिलो पटक सहभागि जनाउदै उपाधी जितेका हुन। जापानको योकोहामामा भएको फाईनल प्रतिस्पर्धामा आमाको जाँतोले वेष्ट च्याम्पियनसिप अवार्ड २०१८, नेसनल च्याम्पियनसिप अवार्ड २०१८ र आईपीए अवार्ड गरि तीन विधामा समेत उत्कृष्ठ भएको छ।

जापानभरिका विश्वविद्यालय तथा अन्य क्षेत्रका वैज्ञानिकहरुले तयार गर्ने रोवोर्टबीच भएको प्रतिस्पर्धामा पहिलो चरणमा डा गौतमको आमाको जाँतोको भिडियो चर्चित बन्दै प्रतियोगितामा सहभागिताका लागि छनौट भएको थियो। सो प्रतिस्पर्धामा जापानका ४४ राज्यबाट छनौट भएका उत्कृष्ठ रोवोर्टले सहभागिता जनाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फाईनलमा आमाको जाँतोले टोकियो लगायतका चार उत्कृष्ठ प्रतियोगीसंग प्रतिस्पर्धा गरेका थिए। उच्च शिक्षाका लागि २४ वर्ष अघि जापान आएका कास्की जिल्लाको धिताल हाल माछापुच्छ्रे गाँउपालिकाका गौतमले नेपाली परिवेशमा गाँउघरमा चलाईने जाँतोलाई आमाको जाँतो नाम दिएर सोलारबाट संचालन हुने स्वचालित जाँतो बनाएका थिए। विभिन्न किसिमका खाध्यान्नका पिठो पिस्न मिल्ने गरि तयार गरिएको सो जाँतो आईओटी र रोवटिक्स प्रयोग गरि आवाजका भरमा संचालन गर्न सकिने गरि तयार पारिएको छ।

डा. गाैतमले अाफुले बनाएको रोवोर्टको भिडियो हेरेर पहिलो चरणबाट दोस्रो चरणमा पुग्न सफल भएकोमा विश्वभरि रहेका नेपालीहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ । डा गौतमका अनुसार आमाको जाँतोले आगामी वर्ष अमेरिकाको लस भेगस शहरमा हुने सेश २०१९ अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागिताका लागि निमन्त्रणा पाएकाे छ। साे प्रतियाेगितामा अामाकाे जाँताे समुहका सुमित पुन र र्इताेर्याे उनीसंगै सहभागीता जनाउनेछन् ।

हेर्नुहोस् भिडियो:

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com