अमेरिकी सिमाक्षेत्र रणभूमीजस्तो बनेपछि एकाविहानै ट्रम्पको ट्वीट


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

आइतबार क्यालिफोर्नियाको सान डिएगो स्थीत सान यिसिद्रो पोर्ट अफ इन्ट्री रणभूमी जस्तो बन्यो । कागजपत्रविहिन आप्रवासीहरुले अमेरिकी अधिकारीहरुतिर विभिन्न बस्तुहरुले प्रहार गरे भने अमेरिकी सुरक्षाकर्मीले आप्रवासीलाई लक्ष्यीत गरेर अश्रुग्याँस प्रहार गरे ।

मेक्सिकन सुरक्षाकर्मीहरुले धरपकड गर्दै ३९ जनालाई नियन्त्रणमा समेत लिए । सान डिएगो क्षेत्रको अमेरिकी सिमानाका घण्टौं बन्द गर्नुपर्ने अवस्था समेत आयो । यो अवस्थापछि सोमबार विहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकामा जबर्जस्ती घुस्न खोज्नेहरुलाइै मेक्सिकोले देशनिकाला गर्नुपर्ने बताएका छन् ।

‘जहाजबाट गर, बसबाट गर, जसरी चाहन्छौ त्यसरी गर तर उनीहरु कुनै पनि हालतमा अमेरिका घुस्नु हुँदैन’ –  ट्रम्पले आफ्नो ट्वीटमा भनेका छन् । आवश्यक परेमा अमेरिकाको सिमानाका स्थायी रुपमा नै बन्द गरिने चेतावनी समेत ट्रम्पले दिएका छन् । उनले संसदलाई अमेरिकी सिमाक्षेत्रमा पर्खाल लगाउनका लागि फण्ड उपलब्ध गराउन समेत आब्हान गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेक्सिकोतिरबाट हुलका हुल कागजपत्रविहिन आप्रवासीहरु अमेरिका छिर्न खोजेपछि क्यालिफोर्नियाको सान डिएगो सिमानाकामा तनाव उत्पन्न भएको थियो । मेक्सिकोतिरबाट अमेरिका छिर्ने प्रयास झण्डै ५ सय आप्रवासीहरुलाई आइतबार सिमानाकामा बलप्रयोग गरेर रोकिएको छ ।

अमेरिकी सिमानामा धरपकड, भागदौड र रुवाबासी (१५ तस्वीर)

अमेरिका घुस्न खोज्ने कागजपत्रविहिनलाई फेरी अमेरिकी जमिन छुन नपाउने गरी देशनिकाला गरिने

कागजपत्रविहिनको हुल छिर्न खोजेपछि अमेरिकी सिमानाका घण्टौं बन्द, अश्रुग्याँस प्रहार, मच्चियो भागदौड

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com