अमेरिकी सिमानामा धरपकड, भागदौड र रुवाबासी (१५ तस्वीर)


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

आइतबार क्यालिफोर्नियाको सान डिएगो स्थीत सान यिसिद्रो पोर्ट अफ इन्ट्रीमा धरपकड, भागदौड र रुवाबासी मच्चिएको छ । सयौं कागजपत्रविहिन आप्रवासीहरु अमेरिका छिर्न खोजेपनि उनीहरुलाई रोक्न अश्रुग्याँस प्रहार गरिएको थियो ।

मेक्सिकोतिरबाट हुलका हुल कागजपत्रविहिन आप्रवासीहरु अमेरिका छिर्न खोजेपछि क्यालिफोर्नियाको सान डिएगो सिमानाका घण्टौं बन्द गरिएको थियो । मेक्सिकोतिरबाट झण्डै ५ सय आप्रवासीहरु अमेरिका छिर्ने प्रयास गरेका थिए ।

आइतबार सिमानाकामा भएको तनाव दर्शाउन प्रयाप्त यी तस्वीरहरु ।

फोटो : एएफएपी र गेटी इमेज

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com