अमेरिका घुस्न खोज्ने कागजपत्रविहिनलाई फेरी अमेरिकी जमिन छुन नपाउने गरी देशनिकाला गरिने


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

आइतबार क्यालिफोर्नियाको सान डिएगो स्थीत सान यिसिद्रो पोर्ट अफ इन्ट्रीमा तनाव उत्पन्न भएपछि जबर्जस्ती अमेरिका छिर्न खोज्ने दर्जनौं कागजपत्रविहिनहरुलाई मेक्सिकोबाट देशनिकाला गरिने भएको छ । जबर्जस्ती घुस्न खोज्ने ३९ जनालाई मेक्सिकन सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए । यसरी जर्बजस्ती घुस्न खोजेका दर्जनौंलाई फेरी कहिलेपनि अमेरिकी जमिन छुन नपाउने गरी मेक्सिकोबाट देशनिकाला गरिने मेक्सिकन अधिकारीहरुले जानकारी दिएका छन् ।

कागजपत्रविहिनहरुलाई अमेरिका छिर्नमा नरोके मेक्सिकोसँगको सिमानाका स्थायीरुपमा नै बन्द गर्न सकिने अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनी दिदै आएका छन् । आइतबार मेक्सिकोतिरबाट हुलका हुल कागजपत्रविहिन आप्रवासीहरु अमेरिका छिर्न खोजेपछि क्यालिफोर्नियाको सान डिएगो सिमानाका घण्टौं बन्द गरिएको थियो । मेक्सिकोतिरबाट झण्डै ५ सय आप्रवासीहरु अमेरिका छिर्ने प्रयास गरेका थिए ।

आइतबार दिउसो बन्द गरिएको सान यिसिद्रो पोर्ट अफ इन्ट्री सोमबार विहानदेखि पुन संचालनमा आएको छ । आप्रवासीहरु अमेरिका छिर्न प्रयास गरेपनि अमेरिकातिरबाट सुरक्षाकर्मीहरुले टियर ग्यास प्रहार गरेका थिए । टियर ग्यास प्रहारपछि आप्रवासी परिवार र केटाकेटीहरुबीच भागदौड मच्चिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका छिर्न खोज्ने आप्रवासीहरुले अमेरिकी अधिकारीहरुलाई लक्ष्यित गरेर विभिन्न बस्तुहरुले प्रहार गरेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com