कागजपत्रविहिनको हुल छिर्न खोजेपछि अमेरिकी सिमानाका घण्टौं बन्द, अश्रुग्याँस प्रहार, मच्चियो भागदौड


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

मेक्सिकोतिरबाट हुलका हुल कागजपत्रविहिन आप्रवासीहरु अमेरिका छिर्न खोजेपछि क्यालिफोर्नियाको सान डिएगो सिमानाका आइतबार केही घण्टाका लागि बन्द गरिएको छ । मेक्सिकोतिरबाट झण्डै ५ सय आप्रवासीहरु अमेरिका छिर्ने प्रयास गरेका थिए ।

आइतबार दिउसो बन्द गरिएको सान यिसिद्रो पोर्ट अफ इन्ट्री सोमबार विहानदेखि पुन संचालनमा आएको छ । आप्रवासीहरु अमेरिका छिर्न प्रयास गरेपनि अमेरिकातिरबाट सुरक्षाकर्मीहरुले टियर ग्यास प्रहार गरेका थिए । टियर ग्यास प्रहारपछि आप्रवासी परिवार र केटाकेटीहरुबीच भागदौड मच्चिएको थियो ।

अमेरिका छिर्न खोज्ने आप्रवासीहरुले अमेरिकी अधिकारीहरुलाई लक्ष्यित गरेर विभिन्न बस्तुहरुले प्रहार गरेको जनाइएको छ । जबर्जस्ती अमेरिका प्रवेश गर्न खोज्ने ३९ जनालाई मेक्सिकन सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com