आफ्नो बिहेमा मोदीलाई निम्तो दिन हुनेवाला श्रीमान लिएर प्रधानमन्त्री निवास पुगिन् प्रियंका


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो बिहेमा भारतिय प्रधानमन्त्री मोदीलाई निम्ता गरेकी छन् । भारतिय मिडियाका अनुसार प्रियंका निम्ता दिनका लागी हुनेवाला श्रीमान निकलाई लिएर प्रधानमन्त्री निवास पुगेको बताइएको छ ।

उनीहरुले मोदीलाई भेट्न पाए कि पाएनन् भन्ने खुलेको छैन । तर, निम्तो कार्ड चाहिँ मोदीकोे हातमा पुगिसकेको छ ।यसअघि एकाध पटक प्रियंकाले मोदीलाई भेट्ने अवसर पाएकी थिइन् । त्यही आधारमा उनले मोदीलाई आफ्नो बिहेमा निम्ता दिएको बताइएको छ ।

प्रियंकाको बिहेको मिति औपचारिक घोषणा भएको छैन । तर, मिडियाहरुले १ र २ डिसेम्बरमा बिहे हुने दावी गरिरहेका छन् । पहिलो दिन हिन्दू परम्पराअनुसार र दोस्रो दिन क्रिस्चियन परम्पराअनुसार बिहे हुनेछ । बिहेको लागी निक आफ्नो परिवारलिएर भारत आइसकेका छन् । यस अघि बलिउडको चचिृत जोडी रणवीर दिपिकाले इटाली पुगेर बिहे गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com