अब विश्वले चिन्नेछन् नेपाल


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी हुन् ।

मिस वल्डले भर्खरै हेड टु हेड च्यालेन्ज अन्तर्गत ग्रुप १३ को भिडियो युट्युबमा पब्लिस गरेको छ । ग्रुप १३ मा हाम्रो देश नेपालसँगै बोस्निया हर्जगोभिना, गुवाम, लग्जम्वर्ग, माल्डोभा र अर्जेन्टिना लगायत छ वटा देश छन । जसमध्ये मिस अर्जेन्टिना आफ्नो स्वास्थ्यका कारण उपस्थित थिईनन । त्यसै भिडियोमा भएको संवाद अन्तर्वार्तालाई सिधान्युजमा उतार्ने कोशिष गरेका छौँ ।

ग्रुपको पहिलो नम्बरमा थिईन शृंखला खतिवडा उनको परिचय भिडियो देखाईसके पछि पहिलो प्रश्न थियो ‘तिमी आफुँलाई किन (एभरेज किड) सामान्य बच्चा सम्झिन्छौँ ?’ शृंखलाले भनेकी छिन ‘म कुनै न्याचुरल ट्यालेन्ट होईन, म जन्मजात नै विलक्षण प्रतिभा भएर जन्मेकी केटि होईन तर मान्छेले कडा परिश्रम गर्यो, काम प्रति लगाप भयो भने भने त्यस्ता विलक्षणहरुलाई पनि हराउन सक्छ भन्ने कुरामा विश्वास गर्छु । म त्यस्ता सामान्य बच्चाहरुमा बिलोंग गर्छु जुन आफ्नो कडा मेहनतले केहि काम गर्न सक्छन । त्यसैले आफुँलाई एभरेज किड भनेकी हुँ ।’

नम्बर २ मा शृंखलालाई सोधिएको प्रश्न हो ‘त्यस्ता बच्चाका बाबुआमालाई तपाई के सल्लाहा दिनुहुन्छ ?’ उनले जवाफ दिएकी छिन ‘हरेक बुबा-आमालाई यो कुरा थाहा हुन जरुरी छ कि, यदि तपाईका बच्चाहरुको कुनै कुरामा लगाप छ भने त्यहिँ कुरामा उसलाई प्रोत्सान गर्नुहोस उसको ईच्छा विपरित फोर्स नगर्नुहोस ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नम्बर ३ अर्थात अन्तिम प्रश्न थियो तिम्रो देशको अहिलेको जल्दोबल्दो समस्या के हो ? र यसको समाधान के छ ? यसमा शृंखलाले वेरोजगार नै नेपालको मेन समस्या भएको बताएकी छिन ‘देशको दक्ष जनशक्ति विदेशीनु पर्ने नै नेपालको समस्या हो । देश भित्र रोजागारी शृजना गर्नु यसको सामाधान हो ।

हामीसँग एउटा इतिहाँस छ, संस्कृति छ, पर्यटकीय सौन्दर्यले भरिपूर्ण मनोरम देश छ । टुरिज्मको विकास नै देशको उन्नती प्रगतिको लागी उत्तम विकल्प हो । हामी संस्कार संस्कृति र धर्म चाडवाडलाई माया गर्ने नेपालीहरु हौँ । अतिथि देव भव: हाम्रो मुलमन्त्र हो । हामी संसारलाई मिठो मुस्कान दिन सक्छौँ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com