युरोपेली युनियन ब्रेक्जिट सम्झौता अनुमोदन गर्न सहमत


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

युरोपेली युनियनमा आवद्ध २७ देशका नेताहरुले बेलायती बहिर्गमनसहितको ब्रेक्जिट सम्झौतालाई अनुमोदन गर्ने भएका छन् ।
ब्रेक्जिट सम्झौतालाई अनुमोदन गर्न युरोपेली युनियनमा आवद्ध २७ देशका नेताहरुले आइतबार बेलायती प्रस्तावको सम्बन्धमा हस्ताक्षर गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हस्ताक्षर लगत्तै बेलायती प्रधानमन्त्री मे पनि सम्मेलनमा सहभागी हुने जनाइएको छ ।

१७ महिनादेखिको बहस पश्चात तयार पारिएको सम्झौताले वित्तीय विषयहरु, नागरिकको अधिकार, उत्तरी आयरल्यान्ड र सङ्क्रमण व्यवस्थालाई समेटेको छ । साथै, सम्झौताले युरोपको भावी सुरक्षा र व्यापारिक सम्बन्धका बारेमा पनि मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ । सम्झौतामा हस्ताक्षर गरेपनि बेलायत युरोपियन युनियनबाट बाहिरने कुराको टुङ्गो लाग्न भने अझै केहि समय लाग्नेछ ।

बेलायती संसद हाउस अफ कमन्स ले आगामी मार्च २९ अघि सम्झौतालाई अनुमोदन गरेपछि मात्र बेलायत पूर्ण रुपमा युरोपियन युनियनबाट बाहिरिने छ । बेलायती बहिर्गमनको विपक्षमा रहेका युरोपेली युनियनका परिषद् अध्यक्ष डोनाल्ड टस्कले सम्मेलनको पूर्वसन्ध्यामा वक्तव्य दिदै बेलायतको बहिर्गमन योजनाबाट कोही पनि खुशी नरहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टी र त्यसको समर्थक नर्दन आइरिस पार्टीले सम्झौताप्रति समर्थन नगर्ने जनाएका छन् भने विषक्षी सांसदहरुले पनि आलोचना गरिरहेका छन् । मेले आइतबार देशलाई सम्बोधन गर्दै जारी गरेको खुला पत्रमा सन २०१६ को जनमतसङ्ग्रहले युरोपेली युनियनबाट बेलायतको बहिर्गमनलाई स्वीकृति दिइसकेको बताउँदै प्रस्तावित ब्रेक्जिट सम्झौता मुलुकको सुन्दर भविष्यका लागि भएको बताएकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रेक्जिटको निर्णयप्रति बेलायती जनमत निकै विभाजित भएपनि प्रधानमन्त्री मेले बहिर्गमनको प्रयासले अन्तिम रुप लिइसकेको र यसबाट बेलायतलाई फाइदा नै पुग्ने जनाएकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com