सबैभन्दा खतरनाक ‘अनलाइन गेम’ २८५ जना बच्चाले गरिसके आत्महत्या


प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार

तपाईले अहिलेसम्म दुनियाँको कैयौं यस्ता गेमहरुको बारेमा थाहा पाउनु भएको छ होला जसले शारीरिक र मानसिक विकास गर्छ । तर, के सोच्नुभएको छ कुनै गेम यस्ता पनि हुन्छन जसले खेल्ने बच्चाको ज्यानै लिन्छ रु

के तपाईले सोच्नुभएको छ कुनै गेम खेल्दा यस्तो कुनै स्टेज आउन सक्छ जसलाई खेल्दै जाँदा बच्चा र युवाले आफ्नो ज्यानै दिन बाध्य हुन्छन् ।

यो सुन्दा साँच्चै आश्र्चय लाग्छ तर, यो सत्य हो । ‘ब्लु ह्वेल च्यालेन्ज‘ नामक एक यस्तो अनलाइन गेम छ जसले विश्वभरमा सयौं निर्दोष बच्चा र युवाहरुको जिन्दगीलाई बर्बाद गरिदिएको छ ।

यो गेम खेल्नेले अन्तिममा ज्यानै गुमाउने भएकाले यसलाई सुसाइड गेम पनि भन्न थालिएको छ ।

यो गेम हाम्रै छिमेकी देश भारत र पाकिस्तान सम्म पनि आइसकेको छ । केही दिन अघिमात्रै मुम्बईका एक १४ वर्षिय स्कुले विद्यार्थी मनप्रित सिंह सहनीले उक्त ब्लु ह्वेल च्यालेन्ज नामक अनलाइन गेमको अन्तिम स्टेज कटाउनको लागि ७ तले भवनको छतबाट हाम फालेर आत्महत्या गरेका छन् ।

यसरी भैरहेका छन् बच्चा र युवा शिकार

यो गेमक्लोज्ड ग्रुपमा खेलिन्छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप जस्ता साइटबाट इन्भिटेसनको माध्यमबाट बच्चा यो गेममा सहभागी हुन्छन् । यो गेममा ५० स्टेज हुन्छ जसलाई ५० दिनमा पुरा गर्नुपर्छ । हरेक स्टेजमा प्रयोगकर्ताले स्टेजमा कटाएको प्रमाण स्वरुप एक तस्वीर ग्रुपमा पठाउनुपर्छ ।

यो गेमको सबैभन्दा खतरनाक कुरा के छ भने जब बच्चा यो गेमबाट बाहिर निस्कने कोसिस गर्छ तब गेम चलाउनेले उसको परिवारमा हानी गर्ने धम्की दिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१९ देशका २५० जनाले गरिसके आत्महत्या

ब्लु ह्वेल च्यालेन्ज गेम नामक खेल्ने मानिसहरुमध्ये अहिलेसम्म करिब २८५ भन्दा धेरै बच्चाले आत्म हत्या गरिसकेका छन् । यसमा रुसकामात्रै १३० जनाको मृत्यु भएको दावी गरिएको छ ।

अमेरिका, पाकिस्तान समेत गरि विश्वका १९ देशमा यो गेमको कारणले आत्महत्या गर्ने वा कोशिस गरेका सयौं घटनाहरु आइसकेका छन् ।

२५ वर्षिय रुसी नागरिकले बनाएका हुन यो गेम

द ब्लु ह्वेल गेमलाई २५ वर्षका फिलिप बुडेकिनले सन् २०१३ मा बनाएका थिए । रुसमा यो गेमबाट आत्महत्याको पहिलो घटना सन् २०१५ मा आएको थियो । यसपछि फिलिपलाई जेल सजाँय भएको थियो । तर फिलिप दावी गर्छन् कि यो गेम समाजमा सफाइको लागि हो । आत्महत्या गर्ने मानिसहरु ‘बायोलोजिकल वेस्ट’ हुन् ।

के के छ गेमको ५० टास्कमा 

‘द ब्लु ह्वेल गेम’ मा ५० दिनसम्म टास्क बताइन्छ । यसलाई इन्टरनेटमा खेलिन्छ । हरेक टास्कलाई पुरा गरेपछि हातमा एकपटक काट्नको लागि भनिन्छ । यसमा हातमा ब्लेडले एफ–५७कोरेर फोटो पठाउनको लागि भन्निछ । यसको साथै बिहान ४ः२० मा उठेर डरलाग्दो फिल्मवा भिडियो हेर्नको लागि र क्युरेटरलाई पठाउनको लागि भनिन्छ ।

विहान अग्लो भन्दाअग्लो छतमा जान भनिन्छ । कागजको पानामा ह्वेलको चित्रबनाएर क्युरेटरलाई पठाउन भनिन्छ ।

ह्वेल बन्नको लागि तयार भएमा आफ्नो खुट्टामा ब्लेडले काटेर ‘यस’ लेख्नुपर्छ र तयार नभएमा आफैलाई चक्कुले कैयौं पटक काटेर सजायँ दिनुपर्छ । चार स्टेजमा छतमा जानुपर्छ । क्युरेटरले पठाएको म्युजिक सुन्नुपर्छं ।

यस खालका ४९ स्टेप पुरा गर्दै गएपछि ५० औं दिनमा यो खेल खेल्नेलाई कुनै अग्लो भवनको छतबाट हामफालेर आत्महत्या गरि विजेता बन्नको लागि भनिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com