Follow @khasokhasmag

मलेसियामा कार्यरत धनकुटाका गणेश कुमार लिम्बुको दु:खद निधन


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको दु:खद निधन (मृत्यु )भएको छ। नेपालको पुरानो ठेगाना धनकुटा छथर तोखुवा-५,कार्कीटार टोल निवासी र हालको ठेगाना जोरपाटी गाउँपालिका वडा नम्बर ३,कार्कीटार टोल निवासी टोक बहादुर लिम्बुको छोरा बर्ष २८ का गणेश कुमार लिम्बुको मलेसियाको पेनाङ स्थित जि बेसग्रेड प्रोडक्टस (G Besgrade Products sdn.bhd) नामक कम्पनीमा रातिमा काममा कार्यरत रहेकै बेला सोमबारको दिन बिहान करिब करिब ३:०० बजे तिर अचानक मेसिन दुर्घटनामा परि निधन भएको हो।

कम्पनीमा बिग्रेको प्राबिधिक गडबडी भएको मेसिन मर्मत गर्ने बेलामा उनी संगै काम गर्ने नेपाली सहकर्मीले नै अन्जानमा बन्द रहेको मेसिनको स्विट्च खोलि दिएर मेसिनमा बेरिएर लिम्बुको निधन हुन पुगेको भनेर मलेसियामै कार्यरत मृतकको आफन्त खगेन्द्र खाजुम लिम्बुले जानकारी गराउनु भयो।

मृतकको आफन्तको भनाइ अनुसार कम्पनीमा सोधपुछ गर्दा कम्पनीले यो घटनालाई मिलोमतो गरि मिलाउन जोडतोर गरि रहेको भन्नू भयो तर हामी त्यो पक्षमा छैनौ अब जानि जानी होस अथवा अन्जानमा होस गल्ती गर्नेलाई थोर बहुत जेल सजाय हुनै पर्छ र परिवारमा घरबार चलाउने ब्यक्तिको नै मृत्यु भैसकेको बेला पीडितको परिवारलाई कम्पनी लगायत गल्ती गर्नेले सक्दो क्षेतिपुर्तिको ब्यवस्था पनि गर्नु पर्छ भन्नु भयो ।

मृतक गणेश कुमार लिम्बु बिगत चार बर्ष देखि सो कम्पनीमा कार्यरत हुनु हुन्थ्यो भने केहि बर्ष देखि सो कम्पनीमा लाईन लिडरको भुमिकामा समेत काम गर्दै आउनु भएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com