अष्ट्रेलियाको भिसा आवेदनमा माइग्रेसन एजेन्ट किन आवश्यक छ ?


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

अष्ट्रेलियाको भिसाबारे निर्णय गर्ने कुरामा माईग्रेसन एजेन्टको कुनै भूमिका हुँदैन । तर सही माईग्रेसन एजेन्ट छान्न सके उसले भिसाको निर्णय सकारात्मक आउने वातावरण बनाउन भने सक्छ । अर्थात माईग्रेसन एजेन्टको अनुभवको आधारमा भिसाको प्रक्रियालाई सहज र सकारात्मक बनाउन सक्छ ।

त्यसैले माईग्रेसन प्रक्रिया सुरू गर्दा सही एजेन्टको छनौट गर्न आवश्यक छ । किनभने अनुभवी माईग्रेसन एजेन्टले आवश्यक कागजात र प्रक्रिया उपयुक्त ढंगमा मिलाउन सक्छन् । भिसा प्रक्रियाका लागि यो आधारभूत आवश्यकता मानिन्छ ।

अष्ट्रेलिया आएका नेपाली मध्ये कतिको माईग्रेसन प्रक्रिया सजिलै सकिएको छ भने कतिको झन्झटिलो रूपमा अघि बढेको होला । अष्ट्रेलियाको पीआर पाउने आशामा पाँच सात वर्ष देखी ४५७ (कामदार) भिसामा बँधुवा कामदारको रूपमा पिल्सेर बसेकाको संख्या पनि उल्लेख्य छन् । पीआरको लागि कागत बन्ने आशामा उल्टो ५०–६० हजार डलर तिरेर पैसा पनि लिने र काम पनि लगाउने नेपाली तथा भारतीय होटल, रेस्टुरेन्ट मालिकहरु पनि छन् । माईग्रेसन एजेन्टको गलत सुझाव तथा गलत माईग्रेसन एजेन्टको छनौटको परिणाम हुन् यी । त्यसैले सही सुझाव पाउन र पीआरको प्रोसेस छिटो टुंग्याउँन अनुभवी माईग्रेसन एजेन्टको छनौट गर्न आवश्यक छ ।

अर्को कुरा अनुभवले नै विशेषज्ञता विकास हुने भएकाले माईग्रेसनको लागी अनुभवी माईग्रेसन एजेन्ट छान्नु सबैभन्दा राम्रो निर्णय हो । जति धेरै वर्ष देखि माईग्रेसनको काममा लागेको एजेन्ट हुन्छ त्यो त्यति नै अनुभवी र माईग्रेसनको क्षेत्रको विज्ञ पनि हुन्छ । किनभने उसले लामो समय देखि पीआर, टीआर तथा अन्य अष्ट्रेलियाको भीसा सम्बन्धी जानकारी प्रक्रिया र सफलता असफलता भोगेको हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माईग्रेसन आफैंमा गम्भीर विषय र प्रक्रिया भएकाले यसकालागि अनुभवी एजेन्ट छान्नु बुद्धीमानी ठहरिन्छ ।

-हिमालयन कङ्गारु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com