सन् २०१९ देखि अष्ट्रेलियाको पीआर भिसामा भारी कटौति गर्ने नीति सार्वजनिक


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

अष्ट्रेलिया सरकारले सन् २०१९ देखि अप्रवासीलाई दिने पीआर भिसामा भारी कटौति गर्ने नीति सार्वजनिक गरेको छ । मुलुकको नयाँ जनसंख्या नीति अनुसार अप्रवासीलाई दिने पीआर भिसामा भारी कटौति गर्ने योजना बनाएको प्रधानमन्त्री स्कट मोरिसनले जनाएका हुन् ।

द डेलीमा प्रकाशित समाचार अनुसार अष्ट्रेलिया सरकारले आफ्नो देशबाट अदक्ष कामदारलाई निरुत्साहित गर्न यस्तो नीति ल्याएको हो । सरकारको यस्तो नीतिको घोषणाले अष्ट्रेलियाको पीआरको प्रतीक्षामा रहेका हजारौं अप्रवासीहरु आश्चर्यमा परेका छन् । अद्यागमन कानूनका परामर्शदाताहरुले नयाँ नीति कार्यान्वयनमा आउनु अगावै पीआर भिसाकालागि आवेदन दिइसक्न सुझाएका छन् ।

समाचारमा जनाइए अनुसार शुरुमा ३० हजार अप्रवासी भिसा कटौति गर्ने अष्ट्रेलिया सरकारको योजना छ । तर दक्ष पेशामा अप्रवासीहरुलाई दिइदै आएको पीआर भिसालाई भने बढाउने सरकारको योजना रहेको प्रधानमन्त्री मोरिसनले प्रष्ट पारेका छन् । उनी भन्छन्–’आगामी १२ महिनाभित्र देशभरबाट अप्रवासी भिसाको संख्या घट्दै जानेछ । जनसंख्यामा भएको वृद्धि अष्ट्रेलियाको अर्थतन्त्रकालागि सुखद भए पनि ठूला शहरहरुमा समस्या देखिन थालेका छन् । त्यसैले अब उपरान्त अष्ट्रेलियाको अर्थतन्त्रमा योगदान पुर्याउनसक्नेलाई मात्र पीआर भिसा उपलब्ध गराउने सरकारी योजना हो ।’

सरकारको नयाँ अप्रवासी अद्यागमन नीति २०१९ को जुलाइ महिनादेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । तर त्यसभन्दा अघि सरकारको यो प्रस्ताव संसदले पारित गर्नुपर्ने हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com