अष्ट्रेलियाबाट घर फर्किंदा ट्याक्सीमै लुटियो डलर, सुन र लुगा समेत


प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार

अष्ट्रेलियाबाट फर्केका एक व्यक्तिको बाटोमै डलर र सामान समेत लुटिएको छ । घर फर्किने क्रममा ट्याक्सीमा चढेका उनलाई तीन जना व्यक्तिले लुटेका थिए ।

भारतका अशोक कुमार अष्ट्रेलियाबाट गत १७ नोभेम्बरमा दिल्ली एयरपोर्टमा उत्रिएका थिए । एयरपोर्टमा एकजना परिचित व्यक्तिले उनलाई दिल्लीको सिमा क्षेत्रसम्म पुर्याईदिए । त्यसपछि आफ्नो घर डेरा बस्सी जानको लागि उनले बस कुरिरहेका थिए । त्यतिबेला रातीको ९ : ४५ भएको थियो ।

अशोक कुमारले बस कुरिरहेको समयमा एउटा ट्याक्सी उनको अगाडी आएर रोकियो । ट्याक्सी चालकले आफू पनि अशोक कुमारकै ठाउँतिर जाने भएकोले सस्तो भाडामा पुर्याइदिने बतायो । ट्याक्सी भित्र अरु दुई जना व्यक्ति समेत थिए । विश्वासका साथ ट्याक्सी भित्र बसेका उनलाई तीन जनाले लुटेका थिए । प्रहरीसमक्ष उनले एक सय अष्ट्रेलियन डलर सहित ८० हजार भारु, सुनको सिक्री र तीन वटा औंठी, लुगा, लुगामा लगाउने स्त्री, उपहारमा ल्याएका खेलौना समेत लुटिएको बताएका छन् ।

लुटेराहरुले उनलाई बीच बाटोमा ओरालेर छोडेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com