‘अष्ट्रेलियाको सहरी क्षेत्रको लागि पीआरवाला होइन, विद्यार्थीहरु समस्या हुन् ‘


प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार

अष्ट्रेलियाका सहरी क्षेत्रमा जनसंख्याको चाप बढिरहेको छ । अन्य देशबाट बसाइ सरि आउनेहरुले सहरी क्षेत्रलाई आफ्नो मूख्य रोजाइ बनाएपछि मेलबर्न, सिड्नी, ब्रिसबेन सहरको जनसंख्या बढेको अनुमान गर्दै सरकारले ग्रामिण क्षेत्रमा आकर्षित गर्नको लागि प्रयास गरिरहेको छ ।

विभिन्न राज्य सरकारहरुले पीआर भिसा भएकाहरुलाई आफ्नो राज्यको ग्रामिण क्षेत्रमा बसाइ सराइ गराउनको लागि विभिन्न योजनाहरु अगाडी सारेका छन् । उनीहरुले यसबाट सहरी क्षेत्रमा जनसंख्या कम हुने र ग्रामिण क्षेत्रमा उद्योग विस्तार हुने तथा अर्थतन्त्रमा सहयोग हुने विश्वास लिएका छन् ।

इमिग्रेसन विभाग अन्तर्गतका अधिकारिहरु तथा इमिग्रेसन सम्बन्धि अनुसन्धानकर्ताहरुले भने यी योजनाको प्रभाव कम देखिने सम्भावना रहेको बताएका छन् । उनीहरुका अनुसार, सहरी क्षेत्रको जनसंख्या सन्तुलनमा विदेशी विद्यार्थीहरुले गर्दा समस्या बढेको छ । अन्य देशबाट पढ्र्न आउने विद्यार्थीहरुको संख्या तिव्र गतीमा बढिरहेको छ र ती विद्यार्थीहरुले सिड्नी, मेलबर्न, ब्रिसबेन लगायतका सहरलाई आफ्नो पहिलो गन्तव्य बनाएर आइरहेका छन् । त्यसैले बढिरहेको विद्यार्थीको संख्या तथा उनीहरुको रोजाइमा ध्यान पुर्याउनुपर्ने उनीहरु बताउँछन् ।

सरकारी अधिकारीहरुले भने स्थायी बसोवास गर्नेहरु ग्रामिण क्षेत्रमा आकर्षित भएर त्यता बसाइ सराइ गर्न थालेपछि त्यहाँ शिक्षा तथा रोजगारी लगायतका बाटोहरु धेरै खुल्नेछन् । जसले गर्दा, अन्य देशबाट आउने विद्यार्थीहरु पनि ती ग्रामीण क्षेत्रतिर आकर्षित हुने थाल्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com