अष्ट्रेलियामा विद्यार्थीका लागि यो वर्षका सबैभन्दा सस्ता सहरहरु


प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार

अष्ट्रेलिया विश्वभरका विद्यार्थीको लागि शैक्षिक गन्तव्य बनिरहेको छ । यहाँ विश्वकै उत्कृष्ट मध्येमा पर्ने युनिभर्सिटीहरु, विद्यार्थीका लागि उपयुक्त सहरहरु छन् । topuniversities.com ले अष्ट्रेलियाका विभिन्न सहरमा रहेका युनिभर्सिटीमा लाग्ने शुल्क, त्यो सहरको जीवनशैली र महंगी आदिका आधारमा विद्यार्थीका लागि सस्ता सहरहरुको सुची सार्वजनिक गरेको छ ।

१. ब्रिसबेन र गोल्डकोस्ट
ब्रिसबेन र गोल्डकोस्ट सहर विद्यार्थीका लागि अष्ट्रेलियाका सबैभन्दा सस्ता सहरमा परेका छन् । यी सहरमा विद्यार्थीको लागि एक हप्तामा औसतमा ४ सय अष्ट्रेलियन डलर खर्च लाग्छ । त्यस्तै यी सहरका युनिभर्सिटीमा औसत शुल्क वार्षिक २६ हजार ४ सय अमेरिकी डलर लाग्छ ।

२. अडेलेड
अडेलेड दक्षिण अष्ट्रेलियाको सहर हो । सबैभन्दा सस्तो युनिभर्सिटीमा यो ब्रिसबेन र गोल्डकोस्ट पछि आएको छ । यस सहरमा भएका युनिभर्सिटीमा औसत शुल्क वार्षिक २५ हजार ४ सय अमेरिकी डलर लाग्छ । शुल्क कम भएतापनि दैनिक खर्च बढी लाग्छ । यस सहरमा घरभाडा एक हप्ताको १ सय ३५ अष्ट्रेलियन डलर लाग्छ।

३. क्यानबेरा
यस सहरमा रहेका युनिभर्सिटीको औसत शुल्क वार्षिक २६ हजार ४ सय अमेरिकी डलर छ । तर यहाँको दैनिक खर्च कम छ । यस सहरमा घरभाडा बढिरहेको छ, तर पनि मेलबर्नभन्दा यो सहर सस्तो छ ।

४. मेलबर्न
मेलबर्न सहरमा सस्ता युनिभर्सिटी रहेका छन् । यहाँका युनिभर्सिटीमा औसत शुल्क वार्षिक २३ हजार ३ सय अमेरिकी डलर लाग्छ । तर यस सहरमा दैनिक खर्च भने बढी लाग्छ । सहरमै बस्न चाहनेहरुका लागि एक महिनामा औसतमा १ हजार ३ सय डलर घरभाडा लाग्छ ।

Himalayan Kangaroo

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com