कतारमा गीत गाउँदा पाँच नेपाली कलाकार पक्राउ, अवस्था अहिलेसम्म अज्ञात


प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार

तीन साताअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । समाचामा जनाइए अनुसार अहिले सम्म गिरफ्तारीको कारण नखुलाइएको बताइएको छ । पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ण ढकाल रहेका छन् ।

कतारको प्रहरीले कार्यक्रमका अतिथिलाई समेतलाई पक्राउ गरेको थियो । अक्टोबर ५ मा नेपाली कलाकारले आयोजना गरेको कार्यक्रममा गायक प्रकाश सपुतको ‘बोल माया’ गीतमा रोजगारदाताले कामदारलाई दिएको पीडा अभिनय मार्फत् प्रस्तुत गरिएको थियो ।

अरबी पोसाक ‘कन्दुरा’ लगाएको कतारी मालिकले नेपाली कामदारमाथि ज्यादती गरेको दृश्य देखाइएको थियो । अक्टोबर १८ मा सादा पोसाकमा आएका प्रहरीले उनीहरूलाई पक्रेको हो । पक्राउ परेकामध्ये शर्मालाई भने गत बिहीबार करिब १५ मिनेट परिवारसँग कुरा गर्न दिइएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com