अमेरिकी राज्य संसदमा ह्यारी भण्डारी विजयी, के हो राज्य संसद ?


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्टसमा ८ नम्बर डिस्ट्रिक्टबाट नेपाली अमेरिकन ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारीको जितसँगै अमेरिकामा नयाँ इतिहास कायम भएको छ । नेपाली मुलका अमेरिकनले यो स्तरको अमेरिकी चुनाव जितेको यो नै पहिलो पटक हो । भण्डारी पहिलोपटक राज्यस्तरको अमेरिकी संसद छिर्ने पहिलो नेपाली हुने भएका छन् ।

भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा निर्वाचित भएका हुन्, अमेरिकाको केन्द्रीय संसदमा निर्वाचित भएका होइनन् । अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा सिनेट र हाउस अफ डेलिगेट्स गरी दुईवटा सदन रहेका छन् ।

भण्डारीले कायम गरे नयाँ इतिहास, २० हजार ९ सय ७७ मत ल्याएर मेरिल्याण्ड राज्य संसदमा विजयी

हाउस अफ डेलिगेट्स मेरिल्याण्डको राज्यसंसदको तल्लो सदन हो । जसमा मेरिल्याण्डका ४७ डिस्ट्रिक्टबाट १४१ डेलिगेट्सहरुले प्रतिनिधित्व गर्छन् । भण्डारी त्यही डेलिगेट्सका रुपमा निर्वाचित भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१४ को चुनावमा मेरिल्याण्डको हाउस अफ डेलिगेट्समा डेमोक्रेटिक पार्टीको बहुमत ल्याएको थियो । कुल १४१ मध्ये ९२ सिट डेमोक्र्याट्सले जितेका थिए भने ४९ सिट डेमोक्र्याट्सले जितेका थिए । मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सको पदावधि ४ बर्षको हुनेगर्छ ।

मेरिल्याण्ड राज्यको सिनेटमा भने ४७ सिट रहेका छन् । सिनेटमा पनि डेमोक्र्याट्सकै बहुमत रहदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com