भण्डारीले कायम गरे नयाँ इतिहास, २० हजार ९ सय ७७ मत ल्याएर मेरिल्याण्ड राज्य संसदमा विजयी


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

अमेरिकाको मध्यावधी चुनावमा मेरिल्याण्ड राज्यको संसदको प्रतिनिधिसभामा ह्यारी भण्डारी विजयी भएका छन् । मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ बाट भण्डारी २० हजार ९ सय ७७ मत ल्याएर विजयी भएका हुन् । १ लाख १९ हजार ३ सय १ मत खसेकोमा भण्डारीले १७ दशमलव ६ प्रतिशत मत ल्याएर विजयी भएका हुन् ।

३ जना निर्वाचित हुने मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ मा भण्डारीसहित डेमोक्रेटिक उम्मेदवार एरिक ब्रोमवेल र रिपब्लिकन उम्मेदवार जोसेफ बोटेलर विजयी भएका छन् ।
एरिक ब्रोमवेल २१ हजार ३ सय ६३ मत र रिपब्लिकन उम्मेदवार जोसेफ बोटेलरले २० हजार ८१ मत ल्याएएर विजयी भएका छन् ।

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका अमेरिकी नागरिकले चुनाव जितेको इतिहास नभएको सन्दर्भमा भण्डारीले चुनाव जितेर अमेरिकामा नयाँ इतिहास कायम गरेका छन् ।

नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशक बढी देखी सक्रिय छन् । भण्डारीले चुनाव जितेमा एउटा नेपाली मुलको युवा अमेरिकी राज्यको संसद भवन छिर्नेछ ।

सन् २०१४ को चुनावमा यो क्षेत्रबाट दुईजना रिपब्लिकन र एकजना डेमोक्रेटिक उम्मेदवार विजयी भएका थिए । तर यसपटक भने एकजना रिपब्लिकन र दुईजना डेमोक्रेटिक उम्मेदवार विजयी भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com