मलेसियाको एक फ्याक्ट्रीबाट ४७ जना नेपाली पक्राउ


प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार

मलेसियाको एक फ्याक्ट्रीबाट ४७ जना नेपाली युवाहरु पक्राउ परेका छन् । मलेसियाको साइबरीया भन्ने स्थानमा रहेको फ्यक्ट्रीलाई रेड गरेर इमिग्रेशनका अधिकारीहरुले ४७ जना नेपाली युवाहरुलाई मलेसियाको नियम तोडेको अभियोगमा पक्राउ गरेको अधिकारीले पुष्टि गरेका छन् ।

इमिग्रेशन डिपार्टमेन्टका महानिर्देशक डाटुकसेरी मुस्तुफा अलीलाई कोडगर्दै द स्टार अनलाईनले लेखेअनुसार पक्राउ परेका नेपालीहरु मलेसियामा टेम्पररी फोरन वर्कर पर्मिट भिषा क्याटगरीमा बस्दै आएका थिए । विदेशी कामदारले मलेसियामा पालन गर्नुपर्ने नियम कानुन पालना कम्पनीका मालिक र कारिन्दाले नगरेको पाइएकोले ती नेपाली कामदारहरुलाई पक्राउ गर्नुपरेको अलीले बताएका छन् ।

एउटा कम्पनीका लागि नेपालबाट गएका युवाहरु अर्कै कम्पनी र स्थानमा काम गरेको पाइएको थियो । ‘मलेसियाको नियम अनुसार वर्र्क परमीट कागजमा उल्लेख गरेको ठेगाना तथा कम्पनी परिवर्तन गर्न पाईदैन’ अहमद बताउँछन् । स्थानीयले दिएको सूचनाको आधारमा उक्त कम्पनीमा रेड गरिएको थिायो ।

४७ जना नेपालीका साथै ५५ जना बङ्गलादेशी पुरुष तथा ३६ जना महिला र १७२ जना इन्डोनेशियन महिला तथा २५ जना पुरुष र तीन जना महिलाहरु म्यानमारका गरी जम्मा ३३८ जना रहेका छन् । पक्राउ परेकाहरुलाई ओभर स्टेइङ, अनुमति पत्र नभएका तथा अनुमति लिएको ठाउँभन्दा भन्दा बाहिर गएर बसेको पाइएको छ । पक्राउ परेकाहरुलाई कुकीट जलील इमिग्रेशन डेपोटमा राखिएको छ, उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com