वैज्ञानिकले सुल्झाए बर्मुडा त्रिकोणको रहस्य, यसकारण हराउँछन् यहाँ पुग्ने विशाल जहाज


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

संसारको सबैभन्दा रहस्यमय समुद्री ठाउँ बर्मुडा त्रिकोणको रहस्य वैज्ञानिकहरुले सुल्झाएको दावी गरेका छन् । बर्मुडा त्रिकोणमा अहिलेसम्म जथि पनि हजाइजहाज वा पानीजहाज पुगे, कुनै पनि फर्किएका छैनन् । सबै यहीँ बेपत्ता भएका छन् । वैज्ञानिकहरुका अनुसार यहाँ यसरी जहाज बेपत्ता हुनुको पछाडि कुनै एलियन वा राक्षस नभइ समुद्रको पानी र यहाँको हावा जिम्मेवार छ । वैज्ञानिकहरुका अनुसार यहाँ जहाज बेपत्ता हुनुको कारण दैत्याकार समुद्री लहरहरु हुन् जो यति माथिसम्म उठ्छन् कि सुनामी पनि यिनीहरुको अगाडि सानो देखिन्छ ।

युनिभर्सिटी अफ साउथम्पटनद्वारा गरिएको अध्ययन अनुसार बर्मुडा त्रिकोणमा यस्ता लहरहरु बन्छन् जो निकै खतरनाक हुन्छन् । नर्थ एटलान्टिक सागरमा बर्मुडा त्रिकोण मियामी, बर्मुडा र रिकोको बीचमा अवस्थित छ । यही कारण यहाँ उत्तर र दक्षिणतर्फबाट एकसाथ भयानक तुफान उठ्छन् । यी तुफानले विशाल लहर बनाउँछन् । यी लहरहरु १ सय फिटको उचाइसम्म पुग्छन् । यति उचाइ अहिलेसम्मको सबैभन्दा ठूलो सुनामी बराबर हो । १९५८ मा अलास्कामा आएको सुनामीका बेला यति अग्लो सुनामीको लहर रेकर्ड गरिएको थियो ।

वैज्ञानिकहरुले एक सिम्युलेटर मोडल तयार गरे जो १९१८ मा डुबेको युएसएस साइक्लाप्स जहाजजस्तै थियो । परीक्षणमा पाइयो कि कसरी दुवैतर्फबाट आएका लहरमा जहाज सम्हालिन सकेन र डुब्यो । यो जहाजमा करिब ३०६ जना यात्रु सवार थिए । गतवर्ष आएको एक रिपोर्टमा यो पनि दावी गरिएको थियो कि साइक्लप्स जहाजमा केही कमी थियो र यो जहाज लहरको सामजनना गर्न सक्षम थिएन । साइक्लाप्सजस्तै पेटियस र निरियस जहाज पनि यस्तै परिस्थितिमा डुबेका थिए । यी जहाजलाई डुबाउन ५० फिट अग्ला लहर नै पर्याप्त

थिए । 

पानीमा मात्र होइन बर्मुडा त्रिकोणमा हावाबाट जानु पनि निक खतरनाक मानिन्छ । यहाँ कैयौं हजार फिट माथिबाट उडिरहेका हवाइ जहाज पनि बेपत्ता भएका छन् । वैज्ञानिकहरुले यहाँको मौसमको पनि सूक्षम अध्ययन गरेका छन् । अध्ययनअनुसार यहाँ निकै खतरनाक हावा चल्छ जुन हावाको गति १७० माइल प्रतिघण्टा हुन्छ । तर, यहाँको हावा एक दिशाबाट नभइ दुई वा तीन दिशाबाट एकसाथ आउँछन् यस्तोमा यहाँको वायुमण्डलमा चक्रवातको स्थिति बन्छ । जब कुनै हवाइजहाज यहाँ आउँछ यो चक्रवातमा उसको सन्तुलन बिग्रिन्छ र यहीँ दुर्घटना हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com