पानी छोइएको निहुँमा वडाध्यक्षद्वारा कुटपिट
प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार
जनप्रतिनिधि नै छुवाछुतका पक्षधर भएपछि समाजमा दलितमाथिको विभेद कहिले हट्ला ? पानी छोइएको निहुँमा वडाध्यक्षद्वारा वडा कार्यालयमै दलित युवा पिटिएका छन् ।
सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साहले स्थानीय दलित युवा अजय रामलाई पानी छोएको भन्दै कुटपिट गरेका हुन् । चारवर्षीय छोराको पोषण भत्ता लिन वडा कार्यालय पुगेका रामले वडाध्यक्षको टेबलमा रहेको पानीको जग उठाउन खोज्दा कुटपिट भएको हो।
दलित कुट्ने वडाध्यक्ष साहलाई कारबाही माग गर्दै संयुक्त दलित संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।