सुपमा भेटियो मुसा, रेस्टुरेन्टलाई १९ करोड डलर घाटा


प्रकाशित मिति : भाद्र २९, २०७५ शुक्रबार

एउटी गर्भवती महिलाले आफूले खान लागेको सुपमा मरेको मुसा भेटेपछि रेस्टुरेन्टहरूको सञ्जाल भएको एउटा चिनियाँ कम्पनीको बजार मूल्य १९ करोड डलरले घटेको छ ।

चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल भएपछि जायबु रेस्टुरेन्टको शेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो ।

मरेको मुसा भएको सुप बेच्ने शान्डोङ प्रान्तस्थित रेस्टुरेन्ट भने केही समयका लागि बन्द गरिएको छ । उसले ती ग्राहकलाई पाँच हजार युआन क्षतिपूर्ति दिन खोजेको बताइएको छ । तर अहिले नै परिवारले उक्त क्षतिपुर्तिको रकम नलिने बिबिसीले जनाएको छ ।

गत सेप्टेम्बर ६ मा उनीहरू सपरिवार सो हट्पट रेस्टुरेन्टमा खाना खान गएका थिए । केही गाँस खाएपछि ती महिलाले आफ्नो खानामा मरेको मुसा फेला पारिन् । केही दिनपछि सेप्टेम्बर ११ मा सो कम्पनीको शेयर मूल्य गत वर्ष अक्टोबरपछिको सबभन्दा न्यून विन्दुमा पुग्यो । तर बुधवारदेखि उसको बजार मूल्यमा केही सुधार आउन थालेको समाचारमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com