बुवाआमालाई धन्यवाद दिँदै २३ वर्षे नेपाली युवकले गरे अमेरिकामा पुलबाट हामफालेर आत्महत्या, सुसाइड नोटमा भेटियो यस्तो सन्देश
प्रकाशित मिति : भाद्र २८, २०७५ बिहीबार
अमेरिकामा एक नेपाली युवकले आत्महत्या गरेका छन् । क्यालिफोर्नियाको हल सान पाब्लो बस्दै आएका नवलपरासी रामग्राम वडा नम्बर २ का कृष्ण भट्टका २३ वर्षिय छोरा संजीत भट्टले ११ तारिखका दिन पुलबाट हाम फालेर आत्महत्या गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनसे राती ९ बजे आँफैले कार चलाएर सान राफेलको पुलबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
प्रहरीले संजीतले लेखेको सुसाइड नोट पनि फेला पारेको छ । उनको सुसाइड नोटमा बा आमालाई उनले धन्यवाद दिएका छन् भने आँफुले कसैका कारण आत्महत्या नगरेको कारण समेत खुलाएका छन् । उनले नोटमा भनेका छन् – मैले कसैको केही बिगारेको समेत छैन । उनले आत्महत्या गरेको कारण अहिलेसम्म खुल्न सकेको छैन । संजीतको अन्त्यष्टी शुक्रबार क्यालिफोर्नियाको एल सोबरनेटमा गरिने बताइएको छ ।











