अमेरिकाका पाँच राज्यमा संकटकाल घोषणा


प्रकाशित मिति : भाद्र २८, २०७५ बिहीबार

अमेरिकाको पूर्वी तटस्थित इलाकामा जुन फ्लोरेन्स चक्रावतको खतरा छ, त्यो पछिल्लो तीन दशकको सबैभन्दा ठूलो चक्रवात हुने मौसम विभागले चेतावनी दिएको छ ।

मौसम विभागका अनुसार अटलान्टिकको तातो पानीबाट यो चक्रवातले शक्ति पाइरहेको छ र भविष्यमा यो थप शक्तिशाली हुने आशा गरिएको छ ।

अधिकारीले अबको ३६ घण्टामा चक्रवातका साथै पानीको स्तरमा वृद्धि भएको हुँदा तटीय इलाकामा जन र धनको खतरा बढ्न सक्ने अनुमान व्यक्त गर्दै तुरुन्त सो स्थान छोड्न निर्देशन दिएका छन् ।

उक्त चक्रवातको अवस्था हेरेर भर्जिनिया, मेरिल्याण्ड, वासिङ्टन, उत्तर र दक्षिण क्यारोलाइनामा संकटकालको घोषणा गरिएको छ ।

उत्तर क्यारोलाइनाका गभर्नर रोय कुपरले तत्काल तटीय इलाका छोड्न निर्देशन दिएका छन् । ‘त्यहाँ बसेर तपाईंहरुले आफ्नो ज्यान जोखिममा पार्दै हुनुहुन्छ,’ कुपरले भने, ‘हावा र वर्षा हुन थालेपछि मात्र अन्यत्र सर्छु भन्ने सोच त्याग्नुहोस् ।’

उनले मंगलबार मिडियासँगको कुराकानीमा उक्त चक्रवातलाई विशाल राक्षकको संज्ञा दिँदै यो निकै खतरनाक र ऐतिहासिक भएको बताएका छन् ।

फ्लोरेन्स अहिले कहाँ छ ?

अमेरिकी मौसम विभागको ताजा जानकारी अनुसार यो चक्रवात मंगलबार बेलुका उत्तरी क्यारोलाइनाभन्दा करिब एक हजार किलोमिटर टाढा थियो ।

उक्त जानकारीमा फ्लोरेन्स चक्रवात करिब २८ किलोमिटर प्रति घण्टाको गतीमा उत्तर–पश्चिमतर्फ बढिरहेको र बुधबार थप बलियो भएको उल्लेख गरिएको छ ।

यद्यपी, मौसम विभागमा अधिकारीले बिहिबार फ्लोरेन्स चक्रवात केही कमजोर हुनसक्ने अनुमान व्यक्त गरेका छन् । तर जमिनमा ठोक्किएपछि यो निकै खतरनाक आँधी हुने जानकारी दिएका छन् ।

फ्लोरेन्सले कति हानी पुर्याउन सक्छ ?

नेशनल हरिकेन सेन्टर (एनएचसी) ले फ्लोरेन्सलाई ‘अत्यधिक खतरनाक’ मौसमी घटना बताएको छ । यसले तटीय र भित्री इलाकामा भारी वर्षा र बाढीका कारण विनास निम्त्याउन सक्छ ।

एनएचसीले भन्यो, ‘फ्लोरेन्सका कारण घातक प्रभाव पैदा हुनसक्छ । तटमा १३ फुट अग्लो छाल आउन सक्छन् र करिब दुई सय किलोमिटर प्रति घण्टाको गतीमा चल्ने चक्रवातको शक्तिशाली हावाले भारी विनास निम्त्याउन सक्छ ।’

फ्लोरेन्स चक्रवातका कारण केही इलाकामा ६४ सेन्टिमिटरसम्म वर्षा हुनसक्छ र भारी वर्षाका कारण भित्री इलाकामा पानी भरिने र बाढी आउन सक्छ ।

अमेरिकाका केही चर्चित मौसम वैज्ञानिकका अनुसार फ्लोरेन्स चक्रवात सन् १९८९ मा आये ह्यूगो नामको त्यो आँधीभन्दा पनि भयानक हुनसक्छ जसका कारण ४९ को मृत्यु भएको थियो र अमेरिकालाई करिब सात सय करोड डलरको क्षती भएको थियो ।

यो चक्रावतले अमेरिकाको ब्रुन्सविक परमाणु संयन्त्रमाथि पनि खतरा छ किनभने उत्तरी क्यारोलाइनामा जुन स्थानमा यो चक्रावत जमिनमा ठोक्किने सम्भावना छ, यो संयन्त्र त्यहाँभन्दा केही मिल पर साउथपोर्टमा रहेको छ ।

मानिसहरुको कस्तो तयारी ?

यो चक्रवातका कारण अमेरिकाको पूर्वी तटको इलाकामा बस्ने करिब दस लाख मानिसहरुलाई सुरक्षित स्थानमा पुर्याउने कोसिस गरिँदै छ ।

दक्षिणी क्यारोलाइना, उत्तरी क्यारोलाइना र भर्जिनियाका केही हिस्सामा मानिसहरुलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिइएको छ ।

अन्य प्रभावित क्षेत्रका निवासी अत्यावश्यक वस्तु संकलन गरिरहेका छन् । दक्षिणी क्यारोलाइनामा एक हार्डवेयर स्टोर चलाउने जोन जनसनले समाचार एजेन्सी एएफपीलाई मानिसहरुले ब्याट्री, फ्ल्याशलाइट्स र प्लाष्टिकको त्रिपाल खरिद गरिरहेको जानकारी दिए । केही पेट्रोल पम्प खाली भएका छन् ।

अहिलेसम्म राष्ट्रपति ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो चक्रवातका कारण शुक्रबार मिसिसिपीमा हुने र्याली रद्द गरेका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर र दक्षिण क्यारोलाइनाका लागि ‘संकटकालको घोषणा’ मा हस्ताक्षर गरेका छन् । साथै, चक्रवातलाई सामना गर्नका लागि संघीय कोषको मद्दत प्रदान गरेका छन् ।

मंगलबार बेलुका डोनल्ड ट्रम्पले भने, ‘सरकार फ्लोरेन्स चक्रवातसँग लड्न कुनै कसर छोडेको छैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com