अमेरिकाको पूर्वी तटमा अत्यधिक खतरनाक चक्रवातको खतरा


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

बीबीसी

अमेरिकाको पूर्वी तटमा चक्रवात फ्लोरेन्सको खतराका कारण कयौंलाई सुरक्षित स्थानमा लैजाने अभियान चलाइएको छ । यो पछिल्ला थुप्रै दशकको सबैभन्दा भीषण चक्रवात हुनसक्ने अनुमान गरिएको छ ।

साउथ क्यारोलाइनाका गभर्नरले तटीय इलाकामा बसेका सबैलाई सुरक्षित स्थानमा जान आदेश दिएका छन् । यस्तै नर्थ कयारोलाइना र भर्जिनियामा आपतकालको घोषणा गरेका छन् ।

यो खतरनाक चक्रवात बिहिबार क्यारोलाइनामा आउन सक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कति खतरनाकः

अधिकारीका अनुसार फ्लोरेन्स अब चौथो श्रेणीको आँधी बनेको छ र योभित्र एक सय ९५ किलोमिटर प्रतिघण्टाको गती भएको हावा चलिरहेको छ ।

फ्लोरेन्स सोमबार बिहानसम्म दोस्रो श्रेणीको आँधी थियो र यो नर्थ क्यारोलाइनाको दक्षिण पूर्वस्थित केप फियरभन्दा दुई हजार किलोमिटर टाढा थियो ।

मोसम विशेषज्ञका अनुसार यो पाँचौं श्रेणीको आँधी बन्न सक्छ किनभने यसले अटलान्टिकको तातो पानीबाट ताकत पाइरहेको छ ।

नेशनल हरिकेन सेन्टर (एनएचसी) ले फ्लोरेन्सलाई ‘अत्यधिक खतरनाक’ मौसमी घटना बताएको छ । यसले तटीय र आन्तरिक इलाकामा भारी वर्षा र बाढीका कारण विनास निम्त्याउन सक्छ ।

एनएचसीले भनेको छ, ‘फ्लोरेन्सका कारण घातक प्रभाव पैदा हुनसक्छ । तटीय क्षेत्रमा छाल उठ्न सक्छ र भारी वर्षाका कारण आन्तरिक इलाकामा पानी भरिएका कारण बाढी आउन सक्छ । चक्रवातको शक्तिशाली हावाले विनास निम्त्याउन सक्छ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो चक्रवातका कारण शुक्रबार मिसिसिपीमा हुने र्याली रद्द गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com